हुलाकी सडक लाई सौन्दर्यता बनाउन वृक्षा राेपन ।थारु पाेर्टल

Spread the love
असार १६ ।
 सम्वृधीका लागि वन जनताको रहर हरित सहर अभियान भन्ने मुल नाराका साथ बिराटनगर रंगेली सडक खण्ड अन्तर्गत रंगेलीकाे बेताैना चाेक देखि मधुवनी चाेक सम्मकाे ७ किलो मिटर हुलाकी सडक तथा बजारकाे सौन्दर्यता बढाउन नगरले विभिन्न जातका बाेट बिरुवा सडककाे बिचभागमा बनाईएकाे डिभाईसमा वृक्षारोपण सुरु गरिएको हाे ।
कार्यक्रममा मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य ऋषिकेश पोख्रेल,मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सद्स्य योगेन्द्र मण्डल, रंगेली नगरपालिका मेयर दिलिप वगडिया, उप मेयर भुमा पराजुली,प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपाने ,सवडिभिजन बन कार्यलय आमतोलाका प्रमुख नरेन्द्र प्रसाद गुरागाइ, स्थानीय मनाेज अग्रवाल , विभिन्न बडा अध्यक्ष , सदस्य लगायतले वृक्षारोपण कार्यक्रममा सहभागी रहेको थियोे ।
मेयर दिलिप वगडीयाले बजारको सौन्दर्यता संगै बोटविरुवाले अक्सीजन दिने हुदा नगरबासीको स्वास्थ्यलाई समेत राम्रो हुने र वातावरण समेत स्वछ हुने भएकाले वन तथा भु संरक्षण विभाग र रंगेली नगरपालिकाको साझेदारीमा वृक्षारोपण थालिएको मेयर बगडियाले बताए ।
वृक्षा राेपणका लागि स्थानीय स्तर बाट उपभोक्ता समितिका अध्यक्ष बिनोद गिरिले सडकको बिचमा बजारलाई सौन्दर्यता दिने र वातावरणलाई स्वच्छ राख्न विभिन्न प्रजातिका विरुवा रोपीने योजना रहेको जानकारी दिए । उनले बोटविरुवाको गोडमेल सहित निगरानीका लागी जनशक्ति समेतको व्यवस्थापन गरि विरुवा हुर्काउने योजना रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *