प्रदेश १ काे रंगेली अस्पताल चाैथाे स्थानमा ।थारु पाेर्टल

Spread the love
असार १८ साेमबार
अस्पताल सेवा सुधार गर्न MSS-A तयारी उपकरण न्युनतम सेवा मापदण्ड लेख जोखा कार्यक्रम भएको छ । नगर काे सभाहलमा भएको कार्यक्रम मा रंगेली अस्पताल मा ६ महिना काे अबधिमा गरिएको सर्वेक्षणमा हरेक क्षेत्रमा राम्रो व्यवस्थापन गरेर ७० अंक ल्याउन सफल भएको MSS कार्यान्वयन कार्यक्रम खोज प्रसार NSI, Nck साइमन्स संस्थान जनाएको छ । संस्थान ले ६ महिना काे अबधिमा प्रदेश १ मा रहेको सरकारी अस्पताल ले जन्तालाई कस्तो सेवा सुविधा र अस्पताल काे व्यवस्था कसरी गरिरहेका छन भन्ने उदेश्य का साथ गरिएको अध्यनमा रंगेली अस्पताल ले प्रदेश भरिका अस्पताल मध्ये ७० अंक ल्याएर चाैथाे स्थान ल्याउन सफल भएको छ ।
त्यसैगरी बिपि क्याप अस्पताल धरान ले ६६ अंक संखुवासभा अस्पताल ले ८१ अंक ताप्लेजुङ अस्पताल ले ८२ अंक रंगेली अस्पताल ले ७० अंकर र मेची अस्पताल ले ४५ अंक ल्याएकाे छ । स्वास्थ्य संस्था सामान्य सेवापद माण्ड (न्यूनतम सेवा मानक-एमएसएस चेकलिस्टले रंगेली अस्पताल काे सुशासनका व्यवस्थापन मापदण्ड क्लिनिकल सेवा व्यवस्थापनका , सेवा व्यवस्थापनका मापदण्ड , MSS कायम राख्न तथा अस्पताल व्यवस्थापन लाई उत्प्रेरित भएको समेत सहभागी हरु लाई जानकारी गराएका छन । संयुक्त मूल्याङन टोलीका सदस्य रंगेली अस्पताल मेसु डा अरुण भट्टराई , सुनसरी कटारी उदयपुर अस्पताल का मेसु डा. गौरव साह, जनस्वास्थ्य निरीक्षक, स्वास्थ्य निर्देशनालय, धनकुटा का सुश्री तारादेवी सुवेदी,एमएसएस कार्यान्वयन अधिकारी, स्वास्थ्य निर्देशनालय, धनकुटा क्लिनिकल सेवा व्यवस्थापन का श्रीजत दाहाल लगायत टाेली हरु ले अस्पताल काे मुल्यांकन समेत गरेका थिए ।
उनिहरुले अस्पताल मा सुधार गर्नेका लागि सुझाव मा प्रशस्त र सुसज्जित आपतकालीन विभाग, राम्ररी व्यवस्थित प्रसूति अस्पताल र श्रम कोठा, समर्पित र उत्प्रेरित कर्मचारीहरूसँग सुसज्जित र विशाल दन्त विभाग, माइक्रोबायोलोजीको साथ राम्रोसँग स्थापित, दूरी र सुसज्जित प्रयोगशाला विभाग, रेडियोलोजिस्टसँग एक्स-रे, यूएसजी, ईसीजी अलग गर्नुपर्ने , विशेष सेवाहरू (MDGP, Obs/gynae, सर्जन, रेडियो, निर्मित नर्सिङ स्टेशन भएको वार्ड , अर्को OT निर्माणाधीन ओटीसँग सुसज्जित, राम्रोसँग कार्यात्मक र व्यवस्थित फार्मेसी ठूला तथा स साना काम समेत ध्यान दिन समेत सुझाव दिएका थिए ।
नगरकाे सभाहलमा भएको कार्यक्रममा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली ,कार्यकारी अधिकृत ओमकार प्रसाद न्याैपाने बडा अध्यक्ष रामचन्द्र, अस्पताल व्यवस्थापन समिति का अध्यक्ष देवमणि कटुवाल, सदस्य अजिम आलम, रेडक्रस का विनोद कुमार मण्डल, स्वास्थ्य शाखा का व्रजेश कुमार महेता, दिपक प्रकाश तिम्सिना ,कृष्ण प्रसाद भटराई, अस्पताल का विभिन्न साखा प्रमुख लगायत काे उपस्थिति समेत रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *