पथरी समाचारदाता,
असार,२२

माेरङ्गकाे पथरी शनिश्चरेको बढी दुर्घटना हुने वडा नं. २ को मुख्य सडकमा अवस्थित जयचौकमा ट्राफिक सचेतना सम्वन्धी बोर्डहरु राखिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडा नं. २ का वडाध्यक्ष नैना राई, ट्राफिक कार्यालय पथरीका प्रमुख योगेन्द्रसिंह खड्का, प्रहरी हवल्दार अच्युत सिग्देल, इलाका प्रहरी कार्यालय पथरीका इन्सपेक्टर राजेन्द्र पौडेल, सशस्त्र वेस क्याम्प शनिश्चरे शिविरका प्रमुख निराजन कार्की र वडा नं. २ का वडा सदस्यहरूको उपस्थितिमा ट्राफिक सचेतना सम्वन्धी बोर्डहरु राखिएको हो ।
‘विस्तारै हाँक्नुहोस, वन्यजन्तु बाटो काट्ने ठाउँ, सावधान दुर्घटना सम्भावित क्षेत्र, विस्तारै हाक्नुहोस्, भन्ने सचेतनामूलक सन्देश लेखेका बोडहरू सो सडक खण्डमा राखिएको वडाध्यक्ष नैना राईले जानकारी दिए। सो बोर्डहरू पथरीशनिश्चरे नगरपालिकाको सौजन्य तथा पथरी ट्राफिक प्रहरी कार्यालय अनुरोधकर्तामा राखिएको हो ।