हावाले लडाएको रुख समयमै पन्छाउन नसकेकाले कानेपाेखरीकाे अटाेचालक सहित बालिकाको मृत्यु ।थारु पाेर्टल

Spread the love

असार २३, कानेपोखरी ।

मोरङको कानेपोखरी  लेटाङ्ग  सडक अन्तरगत फाईरलाईनमा बोलेरोले  अटाेलाई ठक्कर दिदाँ चालक सहित बालिकाको मृत्यु भएको छ ।

शनिबार रारी ७ बजे प्रदेश नं. १ –०२–००२ च ४१७३ नम्बरको बुलेरोले ठक्कर दिदा कानेपोखरी ६ हनुमान चोकका ४२ बर्षिय  अटाे चालक सागर तामाङ घटना स्थलमै मृत्यु भएको छ ।

सोही घटनामा अटाेमा सवार आमाछोरी मध्ये कानेपोखरी ६ की ९ बर्षिय रोश्नी मगर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा शक्त घाइने भएकी रोश्नीको उपचारको क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा निधन भएको हो । अर्का अटाेमा आमाछोरी सवार थिए । कानेपोखरी ६ की आमा टिका मगरको बिराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएका छन् ।

लेटाङबाट कानेपोखरी तर्फ आउदै गरेको टेम्फोलाई विपरीत दिशाबाट आएको बोलेरोले ठक्कर दिएर दुर्घटना भएको थियो । बोलेरो र चालक ईलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा रहेको छ ।फारलाईनमा  बिहान हावाले लडाएको रुख समयमै पन्छाउन नसकेकाले दुर्घट्ना भएको बताईएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *