असार २४।
रबिन्द्र बराल

माेरङकाे रंगेली नगरपालिका ७ स्थित मालपोत कार्यलय नजिकै बाट ब्राउ सुगर जस्तो देखिने लागुओैषध सहित दुई जना पक्राउ परेका छन ।
दिउँसो ३ बजे जिल्ला प्रहरी बिराटनगरकाे गाेप्य प्रहरीकाे टाेलीले रंगेली ७ का दिवाकर अग्रवाल काे घरबाट लागुओैषध नापतौल गर्ने मेसिन सहित प्रहरी पक्राउ गर्ने सफल भएको छ । रंगेलीका दिवाकर अग्रवालका छाेरा बर्ष ३० का दिपेश अग्रवाल र रंगेली ६का जुवेर खानका छाेरा बर्ष २४ का रेशम खान लाई प्रहरीले ५१ ग्राम लागुओैषध सहित पक्राउ गरेको हाे ।

उनिहरुलाई प्रहरीले बिगत दुई महिना देखि प्रहरीले उनिहरु लाई निगरानीमा राखिरहेकाे र प्रहरी यस भेगबाट अहिलेसम्मकै ठुलो परिमाण भएको समेत प्रहरीले जनाएको छ । उनिहरु लाई लागुओैषध सेवन तथा बेचविखन अन्तर्गत मुद्दा दर्ता गरिने ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक चन्द्र खड्काले बताए ।