दाेहमनाकाे कालाेपत्रे सडक दुई दिनमै उक्कियाे ।ठेक्केदारका कर्मचारीले सव ईन्जिनियर माथी हातपात।थारु पाेर्टल

Spread the love
असार २५ साेमबार
माेरङकाे रंगेली नगरपालिका ९ स्थित दाेहमना बजारमा सडक निर्माणकार्य मा गुणस्तरहिन काम भएको भन्दै स्थानीयले बिराेध गरेका छन । दाेहमना बजारकाे पुर्वमा रहेको २ सय ८० मिटर लम्बाईकाे सडक निर्माणकार्यकाे ठेक्का जै शम्भु कन्ट्रक्सन ईलामले पुस महिनामा निर्माणका लागि भ्याट बाहेक ४९ लाख रुपैयाँमा ठेक्का पाएकाे र साे सडक बैशाख ३१ गते सम्म निर्माणकार्य सम्पन्न गरि सक्नुपर्ने थियोे ।
उक्त सडकमा ठेक्केदारले पानी परेकाे समयमा प्राईमर काेड गरेर सबै पानी ले बगाएको ठाउँमा कालाेपत्रे गरेपछि अहिले सजिलै संग पिच उक्किन थालेको छ । स्थानीयहरु नगर प्रमुख तथा वडा अध्यक्ष हरु लाई जानकारी गराए पछि निर्माण व्यवसायलाई समेत जानकारी गराएका थिए । निर्माण व्यवसाहिले ठेक्केदार लाई अहिले सडककाे काम नगर्ने निर्देशन दिए पछि ठेक्केदारका कर्मचारीले सव ईन्जिनियर विनाेद दास माथि समेत हातपात गरेर काम पुनः गरेको संघिय आयोजना कार्यनयन ईकाईका नवीन किशोर श्रेष्ठले बताए ।
Open photoOpen photo
बडा अध्यक्ष चुडामणिा रेग्मी लाई नेपाली काङ्ग्रेसका जिल्ला सचिव समेत रहेका माेदराज घिमिरेले उक्त बाटाेकाे अनुगमन गर्ने तपाईंहरु काे अधिकार भित्र पर्देन त्याे संधिय ले गर्ने हाे भन्दै आफुलाई धम्काएकाे चुडामणिाले बताए । यता माेदराज घिमिरे ले भने आफू ले कसैलाई न धम्काएकाे र सडक काे गुणस्तर हेर्ने काम अर्को वडा का अध्यक्ष काे काम नभएकाे र जनप्रतिनिधि काे काम सडक काे गुणस्तर हेर्ने नभएको आफुले बताए काे  घिमिरेले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *