पथरीशनिश्चरेमा निरीक्षण (नापी) कार्य सुरु ।थारु पाेर्टल

Spread the love
पथरी समाचारदाता,
असार- २६ गते
माेरङ्गकाे पथरीशनिश्चरे नगरपालिकामा नाप नक्सा तयारीको क्रममा राखिएका नियन्त्रण विन्दुहरुको प्रथम पटक निरीक्षण (नापी) कार्य सुरु गरिएको छ । आज वडा नं. ८ मा पथरीशनिश्चरे नगरपालिकाको प्राविधिक टोली र नापी कार्यालयको संयोजनमा निरीक्षण कार्य अघि बढाइएको हो । वडा नम्बर ८ को ब्लक नम्बर २ मा नापी कार्य सुरुवात भएको हो ।
सो कार्यको उद्घाटन राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङका अध्यक्ष सुशिला घिमिरेले गरेकी थिइन। यस्तै नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाले सौहार्दपूर्ण वातावरणमा सो कार्य सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
सो कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष नविन कार्की, आयोगको नगरस्थित स्रोत केन्द्रका प्रमुख ताराप्रसाद ढकाल, वडा सदस्यहरु बाबुराम चौधरी, शान्ता योङहाङ, झमकबहादुर लिम्बू, शिवकुमारी बि.क. भूभि आयोगका सदस्य सचिव सुदिप श्रेष्ठ, सदस्य प्रेमराज भारती, प्राविधिकहरुको उपस्थिति रहेका थिए। सो कार्य सम्पन्न गर्न २५ दिन लगभग लाग्ने वडाध्यक्ष नविन कार्कीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *