उज्ज्वल भविष्य बाल क्लबले गर्यो सरसफाइ तथा वृक्षरोपण ।थारु पाेर्टल

Spread the love
दिपेश रोक्का 
कानेपोखरी
मोरङको कानेपोखरी ६ मा रहेको उज्ज्वल भविष्य बाल क्लबले रमाइलो बजार क्षेत्रमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
रमाइलो बजार क्षेत्रमा फोहोर व्यवस्थापन नभएको कारण  रमाइलो बजार क्षेत्र अव्यवस्थित भएको कारण सरसफाइ तथा वातावरणलाई स्वच्छ राख्न वृक्षरोपण  गरेको उज्ज्वल भविस्य बाल क्लबका सचीव उपेन्द्र पौडेलले बताउनु भयो ।
कार्यक्रममा थप उत्साह प्रदान गर्ने गरि अभिभावत्वको भुमिका निर्वाह गर्दै कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारी पनी सहभागी हुनुभएको थियो । कार्यक्रममा बोल्नुहुदै – रमाइलो बजार क्षेत्रलाई व्यस्थित गर्न कानेपोखरी गाउँपालिकाले थप कदम चाल्ने बताउनु भएको थियाे ।
बाल क्लबका समुहले १५ ओटा भन्दा बढी बिरुवा रोपेर तथा सरसफाइ गरेर  सम्पन्न गरेको हो । विगत केही समयदेखी नै यस क्लबले सामाजिक कामहरु गर्दै आएको छ। अबको दिनहरु रोपिएका बिरुवालाई हुर्किनको लागि फेरि पनि त्यसको हेर विचार गर्ने क्लबका सचिव पौडेलले बताए । सो कार्यक्रममा कानेपोखरी ६ का वडा अध्यक्ष खडग बहादुर बस्नेत , नेकपा एमाले मोरङ जिल्ला सदस्य नवीन पौडेल , तथा जनएकता साकोसका अध्यक्ष सन्तोष फुयल , कानेपोखरीका स्वास्थ प्रमुख , विभिन्न राजनीतिदलका तथा बिद्यार्थी संगठनका र क्लबका सदस्यहरु  एव्म अन्य समाजसेविहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *