पाँचथरमा अटो दुर्घटना ।  थारु पाेर्टल

Spread the love
३ साउन ।पाँचथर।
पाँचथर सदरमुकाम फिदिम बजारमा बुधबार बिहान अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
अन्य चार यात्रु घाइते भएका छन् । फिदिम ६ शिवाबाट फिदिम बजार तर्फ आउदै गरेको प्र १-०१-००१ स ८७०५ नम्बरको शनिबारे नजिक दुर्घटना भएको हो ।अनियन्त्रित भई अटो दुर्घटना हुँदा फिदिम-६ की ५५ वर्षीय हरिमाया तुम्रोकको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
May be an image of golf cart, motorcycle and text that says '一 PATHIBHARA'
टाउको र चिउडोमा गम्भीर चोट लागेको तुम्रोकको पाँचथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अटोमा सवार फिदिम ६ बस्ने सन्देश लिम्बु, अटो चालक सोहि ठाउँका दिपक लिम्बु, फिदिम ६ कि बसन्ती लिम्बु र फिदिम ७ का कुशसल लिम्बु घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी मिलन थापाले जानकारी दिए ।
घाइतेहरुको उपचार पाँचथर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *