२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान ।थारु पाेर्टल

Spread the love
पथरी समाचारदाता
साउन- ६ गते
आर्थिक अवस्था कमजोर भएको तर अध्ययनमा मेहनती २ जना विद्यार्थीलाई आज घरैमा गएर छात्रवृत्ति स्वरूप जनही रू.१५, हजारका दरले नगद हस्तान्तरण गरियो ।
छात्रवृत्ति पाउनेमा पथरी शनिश्चरे नपा. वडा नं. ७ निवासी जिना विशुङ्खे र ऐमान गिरी रहेका छन् । २०७९ को एस.ई.ई.मा श्री चन्द्रकिरातेश्वर मा.बि.बाट सहभागी एसान गिरीले जि.पि.ए ३.३५ र जिना विशुङ्खेले जि.पि.ए. ३.१० ल्याएका थिए ।
पथरी शनिश्चरे–१ मा रहेको श्री पञ्चायत माध्यमिक विद्यालयमा विज्ञान संकायतर्फ नाम निकालेर दुवै जना अध्ययनको तयारीमा रहेका छन् । संस्थाबाट १ जना र संस्थाको शेयर सदस्य गोपाल काफ्लेले स्थापना गरेका अक्षयकोषको व्याजबाट १ जना गरी २ जना विद्यार्थीहरूलाई उपलब्ध गराईएको छात्रवृत्ति रकम संस्थाको अध्यक्ष धनराज राई र अक्षयकोष स्थापनाकर्ता गोपाल काफ्लेले संयुक्त रूपमा विद्यार्थी र अभिभावकलाई हस्तान्तरण गरेका थिए ।
दुवै जना विद्यार्थीको घरमा नै आयोजना गरिएको छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा संस्थाका प्रतिनिधीहरू तथा वडा नं. ७ की सदस्य सपना राई, श्री चन्द्रकिरातेश्वर माविको व्यवस्थापन समिति अध्यक्ष काँशीराज राई, सोही विद्यालयको प्र.अ. हर्कराज जिमी, पथरी शनिश्चरे नगरपालिकाको सुचना संयोजक सन्तोष राई लगायत स्थानीय सञ्चारकर्मीहरूको समेत प्रतिनिधिमूलक उपस्थिती रहेको थियो । श्री चन्द्र किरातेश्वर माविका प्र.अ. हर्कराज जिमीले – छात्रवृत्ति पाउने दुवै जना विद्यार्थी आफ्नो विद्यालयको पूर्व विद्यार्थी भएको र उनीहरूको शैक्षिक अवस्था र पारिवारिक आर्थिक अवस्थालाई मध्यनजर गर्दा छात्रवृत्ति दिन उपयुक्त रहेको तथा यो सानो सहयोगले उनीहरुको शैक्षिक जीवनमा परिवर्तन ल्याउनेमा आफु विश्वस्त रहेको संक्षिप्त प्रतिक्रिया दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *