साउन।७।कानेपोखरी

जन निर्बाचित नेपालका प्रथम प्रधानमन्त्री,नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोईराला (बिपी ) को ४१ औँ स्मृति दिबसमा नेपाली काँग्रेस कानेपोखरी गाउँपालिका कार्यसमितिको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा फलफुल र विभिन्न जातिका बिरुवा सामुहिक रुपमा कानेपोखरी ४ खोरियाको खेलमैदानको प्राङ्गण र आसपासमा रोपिएको थियाे । उक्त कार्यक्रममा कानेपाेखरीका काँग्रेसी नेता तथा कार्यक्रताहरुकाे बाक्लाे सहभगिता रहेकाे नेपाली काँग्रेस कानेपोखरी गाउँपालिका समितिका सभापति योगेन्द्र दाहालले जानकारी दिएकाे थियाे ।