श्रावण ।११ ।बिहीबार

माेरङकाे रंगेली नगपालीका ७ स्थित मुख्य बजारमा रहेकाे ओम शान्ति ज्वेलर्सका सञ्चालक फरार भएका छन । करोडौं मूल्य बराबरको सुन, चाँदी र नगद लिएर रंगेली मा व्यवसायी गर्दे आएका पवन कुमार सोनी परिवार सहित फरार भएका हुन ।
रंगेली नगरपालिका ,सुनवर्सि नगरपालिका लगायत स्थान हरुका सयौं सर्वसाधारण हरुकाे सुन र चाँदी धरौटीमा राख्नुका साथै केही लाई नेपाली कागजमा तमसुकमा जग्गा राखेर रकम लिने गरेका पिडित परिवार हरुले बताएका छन। रंगेली ७का अजय रायले तमसुक बनाएर आफुले २१ लाख रुपैयाँ साेनि लाई दिएकाे उनलेे बताए ।

दुर्गा मंन्दिरकाे पछाडि मा एक कठ्ठा जग्गामा केही बर्ष अगाडि घर निर्माण गरि बस्दै आएका थिए । उनिहरुकाे तीन जना दाजुभाई हरुले गत शुक्रबार दाजु भाइ ले अंश बन्डा समेत गरेकाे स्राेतले बतायो । केही दिन अगाडि उनी हरुले घरमा रहेको चल,अचल सम्पत्ति समेत ट्रक मा लाेड गरेर बिराटनगर तर्फ समेत लगेकाे स्थानीयले बताए । घरकाे मुल गेटमा तालाचावी लगाएर उनिहरु भागेका हुन ।
ओम शान्ति ज्वलर्सले उक्त घर पनि लुम्बिनी बिकास बैकमा धिताेमा राखेर १ करोडौं रुपैयाँ सम्म ऋिण लिएको र केही महिना देखि ब्याज समेत नतिरेकाे र उक्त घर समेत लुम्बिनी बैककै नाम मा रहेको र अब काे केही दिनमा उक्त घर समेत कानुनी प्रकृिया अनुसार लिलामी प्रकृयामा जाने स्राेतले जनाएको छ । त्यसैगरी साेनी ले रंगेलीका बैक तथा बित्तिय संस्थाहरुमा समेत ऋिण लिएको इलाका प्रहरी रंगेलीका प्रहरी निरीक्षक चन्द्र खड्काले वताए ।
उक्त पसलमा कसैले सुन र कसैले चाँदी जाकडिमा राखेर रकम लिएको र कसैले ब्याजमा नगद दिएको समेत पाईएकाे छ । अहिले ईलाका प्रहरी कार्यलयमा कागजी चिर्कटा लिएर उजुरी दिन स्थानीय हरु समेत पुग्ने गरेको प्रहरीले जनाएको छ। प्रहरीले प्रमाण सहित निवेदन दिन सर्वसाधारण हरुलाई आग्रह समेत गरेका छन । साेनीले के कति रकम र सुन चाँदी लिएर फरार भए भन्ने एकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
उजुरी अनुसार अहिले सम्म २ करोड ६५ लाख भन्दा बढी मूल्य बराबरको सुनचाँदी र नगद लिएर फरार भएको हुन उजुरी परेको छ । खड्काले भने उजुरी पर्ने क्रम जारी रहेकाले सोनीले गायब पारेको रकम को एकिन हुन न सकेको बताए । सोनी संगै काम गर्ने कर्मचारी ले बिष्वाश कै भरमा लाखाै रुपैयाँ सापटी समेत दिएकाे सागर साहले बताए । रंजित यादव लाई विभिन्न मिति काे चेक समेत साेनि ले दिएकाे र आफुले उक्त चेक बैक मार्फत दुई पटक चेक बाउन्स समेत गरेको यादवले बताए ।