सुनवर्षीमा  दुर्घटना हुदा ३ जना घाइते ।थारु पाेर्टल

Spread the love
श्रावण ।१४ ।आईतबार
रंगेली सँवाददाता 
मोरङकाे रंगेली बिराटनगर हुलाकी सडक खण्ड अन्तर्गत सुनवर्षी नगरपालिका ५ स्थित झुगी टोलमा माेटरसाईकल दुर्घटना हुदा तीन जना घाइते भएका छन ।
रंगेली डाईनिया सडक खण्डमा पश्चिम बाट पुर्व तर्फ जादै गरेको BR 38 X 0944 नंम्बरको मोटरसाईकल लाई सोही दिशा तर्फ जादै गरेको को १ क २९१२ नंम्बरको माउण्ट मकालु बोर्डिङ्ग स्कुल रंगेलीको बसले ठक्कर दिई दुर्घटना हुदा तीन जना घाइते भएका छन । घाइते हुने हरु मा सुनवर्सि ८ बस्ने बर्ष ३० का रुपेश सरदार, ५ बस्ने बर्ष १८ का राजन कुमार रिषिदेव, र भारत आँपगाछी घर भएका बर्ष १९ को बिकास रिषिदेव को टाउको र छातीमा चोट लागेकाे  छ । उपचारका लागि ३ नै जनालाई विराट नर्सिङ्ग होम विराटनगर पठाएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक चन्द्र खड्काले बताए ।माेटरसाईकलकाे पछाडीकाे भाग फुटेकाे छ ।बस चालक रंगेली ७ बस्ने वर्ष अन्दाजी ३२ का सरोज कुमार ताजपुरिया लाई रंगेली प्रहरी काे नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *