सृर्जना चाैतारीमा रमाए साहित्यअनुरागी।थारु पाेर्टल

Spread the love
साउन-२१ ,पथरी समाचारदाता
मोरङको पथरीशनिश्चरेमा कवि , स्रष्टा तथा गजलकारहरूले आ -आफ्ना कविता तथा गजलहरूका सुन्दर सृजना पस्केका थिए।
शनिबार एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयको हल दिनभरि जसाे गुन्जाइमान भई रह्यो । सृजना चौतारी परिवारद्वारा आयाेजित १५ औ श्रृंखलामा स्रष्टाहरूले साहित्यिक माहोल जमाएकै हुन्। `हाम्रो अभियान स्रष्टा र सृजनाको सम्मान´ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा ५/ ५ जना कवि तथा गजलकारहरूले उत्कृष्ट रचनाहरू वाचन गरेका थिए।
वाचन गर्ने स्रष्टाहरूमा गगन याेड्पाक्देन, किशोर काेइराला,शाकुन्तला मञ्जरी, ईन्दिरा गाैतम नेपाल, लक्ष्मीप्रसाद फूयाल,हरि पराजुली, चिरञ्जीवी काफ्ले, मुना आत्रेय , कुमारी चेम्जोङ `बिस्मृति´ र  ओमप्रकाश शर्मा अभिन्न´ ईलाम, झापा, मोरङ , सुनसरी , लगायतका विभिन्न जिल्लाबाट आएका कवि तथा गजलकारहरूले ३-३ का दरले आ -आफ्ना सर्वोत्कृष्ट कविता तथा गजलहरू प्रस्तुति दिएर स्रोता तथा दर्शकको मन खिचेका थिए।
पथरी शनिश्चरे नगरपालिकाका निवर्तमान प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यता तथा सृजना चौतारी परिवारका भवानी दुलालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ गजलकार विवश बलिभद्र कोईराला, , वडा नं १ का वडाध्यक्ष भीम कुमार राई,वडा नं ८ का नवीन कार्की, एभरेष्ट अंग्रेजी आवासीय माविका निर्देशक तथा प्रिन्सिपल रवीन कन्दङ्वा, एभरेष्ट आर्ट फ्युजनका अध्यक्ष भूमिप्रसाद पाठक व्यवस्थापन महासंघ पथरीशनिश्चरेको अध्यक्ष युवराज बास्कोटा समेतको उपस्थिति रहेको थियो।साेही कार्यक्रमकाे सञ्चालन दिपक दियालोले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *