क्युट कट पार्लर एण्ड एकेडेमीको शाखा उद्घाटन ।थारुपाेर्टल

Spread the love
साउन,२१।
पथरी समाचारदाता
मोरङकाे पथरीशनिश्चरे १ मा जालपा देवी मार्ट अगाडि संचालनमा आएको क्युट कट पार्लर एण्ड एकेडेमीले आफ्नो शाखा उद्घाटन गरेको छ । शनिबार पार्लरले सिनेमा हल लाईनमा आफ्नो दोस्रो शाखा उद्घाटन गरेको हो । उद्घाटन कार्यक्रममा उर्लाबारी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवम् मोरङ व्यापार संघ कार्यसमिति सदस्य एवम् ९ वटा शाखा संयोजक चन्द्रबहादुर भट्टराई (भरत), विशिष्ट अतिथि पथरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष दिपक बस्नेत, पथरीशनिश्चरे वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेतले संयुक्त रुपमा रिवन तथा केक काटेर पार्लरको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै अतिथिहरुले पार्लरको सफलताको लागि शुभकामना दिदै अहिलेको समयमा सुविधा सम्पन्न पार्लरको आवश्यकता झनै रहेको र ब्युटिसियन सम्बन्धि ट्रेडिङ दिने उद्देश्यका साथै बेरोजगारीलाई रोजगार दिने उद्देश्यले खोलिएकोमा आफूहरुले खुसी भएको व्यक्त गर्नुभएको थियो । पार्लरमा ग्राहकहरुका लागि हाइड्रा फेसियल, निडल पिन फेसियल, बिबि ग्लो फेसियल, नर्मल फेसियल, क्यामिकल स्ट्रेट, केराटिन, केराटिन प्रोटिन, हियर स्पा, नेल आर्ट, ल्यासेस स्¬टेन्स्, कानको लोती टाल्ने लगायत सेवाहरु दिने छ ।
एकेडेमीले व्युटिसियन तालिम अन्तरगत बेसिक एण्ड एड्भान्स कोर्श तथा वैदेशीक रोजगारिका लागि स्पेसल एक्सट्रा कोर्स संचालन गर्ने क्युट कट पार्लर एण्ड एकेडेमीका संचालिका रेखा बस्नेत भट्टराईले जानकारी दिनुभयाे । उहाँले भन्नु भयो हामीले शाखामा तिज विशेष अफर अन्तगत ग्राहकहरुलाई ३० प्रतिशत छुट तथा ब्युटिसियन तालिम अन्तरगत ४० प्रतिशत छुट र सेल्फ मेक–अप ७ दिने तालिमलाई २ हजारमा दिइने छ । क्युट कट पार्लर एण्ड एकेडेमीको प्रधान कार्यलयमा भने पुरुष तथा महिला दुबैलाई ब्युटी सम्बधि सेवाहरु प्रदान हुने, प्रोफेसनल प्रोडक्ट पाउनुका साथै लभवारमेट र न्यूलुकका पोडक्ट सुफत मुल्यमा प्राप्त हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *