कानेपोखरीमा नालीभित्र भेटियो  यादवकाे शव र मोटरसाइकल ।थांरुपाेर्टल

Spread the love
साउन।२२।कानेपोखरी ।
मोरङको कानेपोखरीमा नालीभित्र मोटरसाइकल चालकको शव र मोटरसाइकल पनि नालीभित्रै फेला परेको छ ।
कानेपोखरी गाउँपालिका–५ का ३० वर्षीय शिवचन्द्र यादव आज सोमबार बिहान नालीभित्र मृत अवस्थामा फेला परेकाे इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार यादव लु ३७ प ९९४२ नम्बरको मोटरसाइकल चलाएर उत्तरबाट पूर्व–दक्षिणतर्फ जाँदै गरेको  अनुसन्धानबाट खुलेको छ ।
यादवको शव र उनले चलाएको मोटरसाइकल बिहान ६ बजेतिर नालीभित्र देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।
डीएसपी भण्डारीका अनुसार आफैं अनियन्त्रित भएर मोटरसाइकल नालीभित्र खस्दा चालकको मृत्यु भएको आशंका गरिएको छ ।  हेल्मेट नलगाएको अवस्थामा चालकको शव फेला परेको थियाे ।
मोटरसाइकल अनियन्त्रित भएपछि टाउको विश्रामस्थलमा ठोक्किएर मोटरसाइकलसहित नालामा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।घटनास्थलबाट उठाएर शवलाई प्रहरीले पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल ट्रमा सेन्टर लगेको छ ।  घटनाको  थप अनुसन्धान सुरु गरिएको डीएसपी भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *