कानेपोखरीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ५२ पुग्यो सङ्क्रमतिको सङ्ख्या दिन प्रतिदिन बढदै ।थारु पाेर्टल

Spread the love
साउन। २४।कानेपाेखरी 
 मोरङको कानेपोखरी गाउँपालिकामा डेङ्गगु सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढदै गएको छ । डेङ्गगु  अहिले धेरै सङ्ख्यामा मोरङ र सुनसरीमा  तिब्ररुपमा   फैलिरहेको छ ।
कानेपोखरी गाउँपालिकामा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । अहिले कानेपोखरी अस्पतालमा डेङ्गगु चेक गर्ने मानिसहरुको सङ्ख्या निकै बढदै गएको छ ।डेङ्गगु मछडको कोटाइको बाट लाग्ने राेग हो ।
अहिले कानेपोखरी अस्पतालमा २सय२६ जनाको डेङ्गु परिक्षण  गर्दा ५२ जनामा डेङ्गगु  सङ्क्रमित भएको कानेपोखरी अस्पतालको प्रमुख रोहिन्द्र राज भण्डारीले बताउनु भयो ।
कानेपोखरी अस्पतालमा दैनिक रुपमा ४० जना जति डेङ्गगु  जाँच गराउन आउने अस्पताल प्रमुख राजभण्डारीले बताउनु भयो । कानेपोखरी गाउपालिकाले डेङ्गगु  नियन्त्रणको लागि प्रत्येक वडामा डेङ्गगु    सङ्क्रमित भएको ठाउँमा स्वास्थ्य परामर्श दिने कार्य गरेको उहाले बताउनु भयो ।
Write to Dipesh Rokka

Leave a Reply

Your email address will not be published. Required fields are marked *