श्रावण ।२४। बुधबार
रबिन्द्र बराल

माेरङकाे रंगेली नगरपालिका १ स्थित प्रगतिशील माध्यमिक बिधालय बबिया बिर्ता १ दाैलतपुरकाे प्राङ्गणमा एक कार्यक्रमकाे आयोजना गर्दे अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाएका छन ।
संन्सारकै आदिवासी हरु एक हाै,एक हाै , आदिवासी जनजाति जिन्दावाद भन्ने मुल नाराका साथ दिवस मनाउनाएका हुन । कार्यक्रम१४ जातजातिका समुदाय हरुले बिभिन्न भेषभुष्मा नृत्य समेत गरेका थिए। कार्यक्रममा रंगेली नगरपालिका उप प्रमुख भुमा पराजुली , आदिवासी जनजाति का वडा नम्बर २ का अध्यक्ष रमेश खवास, नेपाल आदिवासीका प्रदेश परिषद सदस्य दिल बहादुर थेवे नगर सचिव सचिव धर्मेन्द्र मंण्डल, समिति का बद्री राजवंशी , विभिन्न वडा का अध्यक्ष , स्थानीय बुद्धिजीवी लगायत काे समेत उपस्थिति रहेको थियोे।कार्यक्रम सहभागी हरु लाई बिभिन्न जातजाति काे गित हरु मा नृत्य गरेर सहभागी हरु लाई मनाेरञ्न समेत गराएका थिए ।
नेपाल आदिवासी जनजाति महासँघ वडा समन्वय परिषद् रंगेली २ काे आयोजनामा उक्त कार्यक्रम गरिएको थियोे । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ ।