रेडस्टार ५ वर्षदेखि निरन्तर कक्षा १२काे नतिजामा पथरीशनिश्चरेमै सर्वोत्कृष्ट ।थारु पाेर्टल

Spread the love
पथरी शनिश्चरे,
भाद्र-१ गते
यस वर्षको (कक्षा १२ )को परीक्षामा मोरङको पथरीशनिश्चरे न .पा. ०२ मा रहेको रेडस्टार माध्यमिक विद्यालय कोशी प्रदेश उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । सोहि विद्यालयबाट सहभागी भएका विपिन पोखरेलले ३.८१ जिपिए सहित व्यवस्थापन संकायमा कोशी प्रदेशकै उत्कृष्ट नतिजा प्राप्त गरेका हुन्। उनीसँगै कृतिका भट्टराईले ३.७५, एलन थेगिम लिम्बूले ३. ७१ , भुवन घिमिरे र नम्रता बुढाथोकी .३.६२ जिपिए प्राप्त गरेका छन् ।
सोहि शैक्षिक सत्रमा २ सय ६० विद्यार्थी मध्ये ३.६ भन्दा माथि ६ जना र ३.२ जिपिए भन्दा धेरै जिपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या ५४ जना रहेको विद्यालयका निर्देशक तथा प्रिन्सिपल टिएन’ तिम्सिनाले बताउनुभयो। यसैगरी, सहभागी विद्यार्थीमध्ये २.८ जिपिए भन्दा माथि १ सय ८ जनाले प्राप्त गरेका छन् भने २.४ जिपीए भन्दा माथि ५४ जना र जिपिए २ भन्दा माथि ३७ जना उतीर्ण भएका छन्। देशकै ४९ प्रतिशत विद्यार्थी असफल भएको नतिजा सार्वजनिक भैरहँदा रेडस्टार माध्यमिक विद्यालयले निरन्तर ९५ प्रतिशत भन्दा माथि विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ। यसै विद्यालयबाट २०७५ सालमा सुशीला बास्तोलाले ३.३९ जिपिए ल्याएर नगरकै उत्कृष्ट नतिजा हासिल गरेकी थिइन् भने २०७६ सालमा विनिता धिमालले ३.७० जिपिए सहित प्रदेश नं १ मै दोस्रो स्थान हासिल गरेकी थिइन्।
२०७७ सालमा चन्द्रमान गुरुङले ३.६२ जिपीए प्राप्त गरेका थिए भने २०७८ मा सुरेश राजवंशी र रेजीना अधिकारीले ३.७८ जिपीए प्राप्त गरेका थिए। यसैगरी , गत गत वर्ष २०७९ मा त्रियुगा लिम्बूले ३.७० जिपिए र मेरिना मगरले ३.६६ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका थिए। त्रियुगाले प्याब्सन आवद्ध विद्यालयहरू.मध्ये मोरङ्ग जिल्लकै उत्कृष्ट जिपिए हासिल गरी सम्मानित भएकी थिइन् । यसरी उत्कृष्ट नतिजा हासिल गर्नमा निरन्तर मुल्यांकन प्रणाली अवलम्बन गर्दै परियोजना कार्यलाई निरन्तरता दिइएकाले यो नतिजा हासिल भएको विद्यालयका निर्देशक तथा प्रिन्सिपल तिम्सिनाले बताउनुभयो। उहाँले ‘हामीले अभिभावक ज्यूहरूको ईच्छा र चाहना अनुसार पूर्वी मोरङको रेडस्टार माविलाई यस क्षेत्रकै नमुना शैक्षिक `हब’ बनाउने प्रतिवद्धता जाहेर गरेका थियौं। अहिले विस्तारै साकार हुँदै आएको छ। भन्नुभयो। सोहि क्रममा विद्यालयका संस्थापक राजु तिम्सिनाले अगाडि भन्नुभयो –‘ हामीले यूवा उत्प्रेरणा कार्यक्रमलाई निरन्तरता दिएका छौँ।
सिकाईको एउटा पाटो उत्प्रेरणा हो भनेर मानेका छौँ।त्यसैले हामीहरूले राष्ट्रिय स्तरमा ख्याति कमाएका उत्प्रेरक ल्याएर कार्यक्रम गर्ने गरेका छौँ। यसैको प्रतिफल हो यो परिणाम ।” साथै, सोहि रेडस्टार माविले गएको शैक्षिक सत्र देखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी ऋतम्भरा कलेज पनि संचालनमा ल्याएको छ। हाल उक्त कलेजमा व्यवस्थापन संकायमा बिबिएस (BBS) समेत संचालनमा रहेको छ। सोहि क्रममा ३.८१ जिपिए ल्याएका विद्यार्थी विपिन पोख्रेलले आफुले रेडस्टार माविका शिक्षक वर्गको अध्ययनका अति नै धेरै हौसला, सल्लाहा , सुझाव, माया र निरन्तर केयर प्राप्त भएकोले सफलता प्राप्त गरेको बताएका थिए।उनले वाणिज्य विषयमा अध्ययनरत रहने ईच्छा भएको भन्दै देशमै बसेर बाणिज्य क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु चाहना भएको सुनाए। विद्यालयका संस्थापक सुजन बास्तोला ,शिक्षक शिक्षिका, कर्मचारी समेतको उपस्थिति रहेको उक्त सम्मेलनमा शैक्षिक संयोजक तिर्थ दाहालले धन्यवाद ज्ञापन गर्दै पत्रकार सम्मेलनको समापन गर्नुभएको थियो। सोही सम्मेलनको संचालन भाइस प्रिन्सिपल बसन्त मादेनले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *