भाद्र ।१।जहदा

माेरङ्ग जिल्ला जहादा गाउँपालिकाकाे मेनुका राजवंशी नेपाली राष्ट्रिय कब्डि टिमका कप्तानिमा चीन जान लागिएको छ ।
चिनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि महिला कबड्डी टोलीकाे अन्तिम छनाेट सम्पन्न भएकाे छ । नेपाली राष्ट्रिय कब्डि टाेलीलाई मेनुका कुमारी राजवंशीकाे कप्तानीमा चिन पठाउन लागिएकाे हाे । राजवंशी यस अघि तीन पटक कब्डीमा नेसनल च्याम्पियन भएकी थिइन ।

१२औं र १३औं खेलमा देशलाई क्रमश ब्राेन्ज र सिल्भर मेडल दिलाउन सफल भएकि राजवंशी यस पटक कपतानकाे रुपमा कब्डि टाेलीकाे नेतृत्वमा रहनु हुनेछ । यस्तै राष्ट्रिय खेलकुद परिषद्ले मानमति विष्ट , अनुजा कुलुङ राई , नितु गुरुङ , रविना चौधरी , सुनिता थापा , सिर्जना कुमारी थारु , जयन्ती बडु , अर्पणा चौधरी , गंगा चौधरी , इशा राई र कलाव पन्त लगायतकाे नाम सार्वजनिक गरिएकाे हाे ।
उक्त खेल प्रशिक्षक पार्वती राई र विष्णु दत्त भट्ट , खेलकाे पूर्व तयारीका लागि टोली भारतको हरियानास्थित गुरुकुल एकेडेमीमा ३० दिनसम्म प्रशिक्षणमा रहने छन् । त्यस अवधिमा टोलीले ७ म्याच पनि खेल्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएकाे छ ।