भदाै। २।कानेपोखरी
बिबेक खतिवडा ।
मोरङको कानेपोखरी गाउँपालिका २ मा रहेको जनकल्याण युवा समूहको आयोजना र महिला पुनःस्थापना केन्द्र (ओरेक) बिराटनगरको सहजीकरणमा अन्तर पुस्ता संबाद साथै युवा संजाल को फलोअप पेरवी सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
कानेपोखरी २ मा रहेको आदिवासी जनजाती भवनमा जनकल्याण युवा समूह अध्यक्ष दुर्गा नारायण खतिवडाको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो भने कार्यक्रममा प्रमुख अतिथी ओरेक बिराटनगरको कार्यक्रम अधिकृत तोया देबि लिम्बूकाे प्रमुख आतिथीयता रहेकाे थियाे भने बिशिष्ट अतिथीमा खेमकुमारी निरोला र अतिथिमा रमाइलो बहुमुखी क्याम्पस स्वबियु सभापती मालती रेग्मीलगायतकाे आतिथीयता रहेकाे थियाे ।
कार्यक्रम संचालन सहसचिव शोभा ऋषिदेवले गरेकी थिइन भने कार्यक्रममा स्वागत मन्तब्य सदस्य रबिन भण्डारीले राखेका थिए । कार्यक्रम अधिकृत लिम्बुले युवा सम्बन्धि भएका बर्तमान ब्यबस्था, लिङ्ग भनेको के हो?, महिला र पुरुषको लागी बनाएका सामाजिक धारणा, मानव जन्य रूपान्तरित धारणा जस्ता बिषयमा जानकारी दिनु भयाे ।
जनकल्याण युवा समूह २ बर्ष अगि ओरेक बिराटनगरले स्थापना गरेको समूह हाे । अध्यक्ष खतिवडा स्थापना भएको देखिनै आबद्ध रहेको र सदस्य, सचिव हुँदै अहिले अध्यक्ष भएको तर आर्थीकअभावका कारण कुनेपनी कार्यक्रम सन्चालन गर्न नपाएको बताउदै कुनै स्राेतबाट रकम उपलब्ध हुदा समाज रुपान्तरण , महिला हिंसा , लागुओषध दुव्र्यसनि जस्ता विभिन्न बिषयमा धेरै कार्यक्रम सन्चालन गर्न सक्ने बताउदै जनकल्याण युवा समूह लाई पालिका स्तरिय गठन गर्ने खतिवडाले बताए। यस समुहमा सक्रिय सदस्य हरु ओरेकले आयोजना गरेको विभिन्न तालिम हरुमा धेरै पटक सहभागी भैसकेका छ्न। अहिलेको अबस्थामा युवा हरुले कुनैअबसर नपाउदा वा पाउँदा पाउदै धेरै युवा पछि हट्ने गरेको र आफ्नाे ठाउँमा चिनिन न खोजेको कारण युवा अगि बढन नसकेकोले वैदेशिक रोजगारमा जान बाध्य भएका छ्न।