रंगेलीमा ७२ घण्टे अष्टजाम हरी र्कितन सुरु ।थारु पाेर्टल

Spread the love
भाद्र ।७
रबिन्द्र बराल
मोरङको रंगेली नगरपालिका ७ मा अवस्थित श्री पञ्चेश्वर नाथ महादेव मन्दिरमा ७२ घण्टे हरे राम हरे कृष्ण अष्टजाम बुधबार देखि सुरु भएको छ । मंन्दिर स्थापन काल देखि नै सुरु भएको कृतन हरेक वर्ष काे श्रावण महिना गरिदै गरिदै आएता पनि यस बर्ष पुर्षाेतम मास एक महिना भएको हुनाले उक्त भजन कृतन नभपछि पुर्षाेतम मास सम्पन्न भए पछि भाद्र महिनामा मा उक्त अष्टजाम सुरु गरिएको मन्दिर समितिले जनाएको छ ।
साेहि क्रममा भाद्र महिनामा समेत साेमबार रंगेली देखि १० किलोमिटर पुर्वमा रहेको नुना बक्राखाेलकाे जल ल्याई उक्त जल रंगेली मा रहेको बिरभद्रेश्वर महादेव मंन्दिर र पन्चेश्वर नाथ मंन्दिरमा जलअर्पण गर्ने समेत सबै भक्तजन हरुमा आग्रह समेत गरिएको छ । अहिले हरेराम हरेकृष्ण हरिकृतन मा दक्षिण पूर्वी भेगमा रहेका भजन मन्डलि हरु द्वारा हरेराम हरेकृष्ण भई रहेको छ । उक्त कृतनमा रंगेली , आमगाछी , टकुवा , गोविन्दपुर , डायनिया , दर्वेशा , सोराभाग , ववियाविर्ता , रंगेली लगायत का भक्त जन हरुकाे सहभागीता रहने गरेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *