भाद्र ।९।पथरी सँवाददाता

मोरङको पथरीशनिश्चरे—१, मा स्थापित पञ्चायन माविले ४५ औं बार्षिक उत्सवको अवसरमा विद्यालय क्षेत्रमा मदिरा र सुर्तिजन्य वस्तु विक्री नगर्न अनुरोध गर्दै शुक्रबार र्याली प्रदर्शन गरेको छ । भदौ ६ गते पञ्चायत मावि स्थापना भएको ४५ बर्ष पुगेको छ ।

सो अवसारमा आयोजित प्रभात फेरि कार्यक्रमको आयोजना गरी कुलतमा नफसौ, मदिरामा नफसौ लगायतको नारा जुलुससहित पथरी बजार परिक्रमा गरेका छन्
। ब्यानर, प्लेकार्ड सहित परिक्रमा भएको कार्यक्रमको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष युवराज बास्कोटा र प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको नेतृत्व गरेका थिए । र्यालीमा शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रदेश सरकारबाट नमुना घोषित पञ्चायत माविमा १ सय १७ जना शिक्षक कर्मचारी रहेका छन् । कक्षा ११, १२ मा ८ वटा संकायमा पढाइहुने विद्यालयमा करिव ३५ सय विद्यार्थी अध्ययनरत छन् ।