थारु चलचित्र तथा सास्कृतिक सँघ सुनसरीको फाेनिज प्रदेश १ सचिव प्रदीप बसमैत लाई सँघकाे वरिष्ठ उपाध्यक्षमा चयन ।थारु पाेर्टल

Spread the love

भाद्र ।९।सुनसरी

थारु हरुको  हकहितमा आफ्नो छुट्टै पहिचान बनाएको सँस्था थारु चलचित्र तथा सास्कृतिक सँघ सुनसरीको कार्यसमितिमा फाेनिज प्रदेश सचिव प्रदीप बसमैत लाई सँघकाे वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ ।बसमैत पहिले सस्थाको महासचिव पदमा रही काम गर्दै आएको थियो । सस्थाको सधैव भलो हुनेकाम र सस्थाले दिएको जिम्मेवारी   राम्राे सँग बहन गरेकाेले उहालाई वरिष्ठ उपाध्यक्ष पदमा  मनोनीत गरेको थारु चलचित्र तथा सास्कृतिक सघ सुनसरीका अध्यक्ष जानकी चौधरीले बाताईन ।

यो भन्दा अगाडि वरिष्ठ उपाध्यक्षमा लालबहादुर चौधरी रहेको थियो । चौधरीले आफ्नो कार्य व्यस्तताले राजीनामा दिएकोले रिक्त भएको पदमा बसमैतलाइ मनोनीत गरेको सस्थाकी अध्यक्ष चौधरी बताइन् ।

tfc_team

बसमैत वरिष्ठ उपाध्यक्षमा मनोनीत भए पछि महासचिवमा निर्देशक निर्माता तथा कलाकार शिक्षक कन्हैयालाल चौधरीलाइ मनोनीत गरेको छ । थारु हरुकाे महान चाड जितिया नजिकै गर्दा कार्यक्रमलाइ कसरी गर्ने वारे वृहत् रुपमा समितिको वैठकमा छलफल भएको सस्थाको सचीव निर्देशक जनक चौधरीले जानकारी दिएको छ । अर्को चरण थारु सरोकार सघ सस्थाहरु सङ्ग छलफल गरेर कार्यक्रम पुरा निर्णय गर्ने तय रहेको छ ।सस्थामा अहिले १३ जनाको कार्य समिति रहेको छ । सस्थाले विभिन्न थारुहरुको उथानको निम्ति सस्थाको आफ्नै च्यानल टियफ्सी  नेपाल च्यानलमा भिडियो फिल्महरु पोस्ट गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *