बेलबारीमा विद्युत् तार सट भएर आगलागी ७ लाख बराबरको क्षति ।थारु पाेर्टल

Spread the love

भाद्र ।११। बेलबारी ।

बेलबारी नगरपालिका वडा नं.२ लक्ष्मिचोककाे  सिताराम दाहालको घरमा सोमबार बिहान लगभग ११ बजे आगलागी भएको थियाे।

 

स्थानीय साथै दमकलकाे सहयाेग तथा  प्रहरीको मिलेर  करिब १ घण्टा भित्र आगाे नियन्त्रण आएको थियो । आगलागीबाट १ तोला सुनको चेन, आधा तोला पुतली, ५ आनाको तिलहरी, २ तोला चाँदी, घरको फर्निचर, लत्ताकपडा, अन्नपात जलेर नष्ट भएको छ ।७ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । विद्युत् तार सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *