सुनवर्सिमा आफ्नै शरिरमा पेट्राेल छर्केर अबिषेक घाइते ।थारु पाेर्टल

Spread the love
भदौ ११ साेमबार
रबिन्द्र बराल
मोरङ सुनवर्सी नगरपालीका वडा ९ स्थित आदर्श माध्यमिक बिधालय नजिकै एक युवा ले आफ्नो शरिरमा पेट्रोल छर्किएर आगाे लगाएर घाइते भएका छन ।
झापा गौरादह नगरपालीका वडा नम्वर ६ बस्ने ईश्वर सिंहको छोरा बर्ष २० को अबिषेक सिंहले आफ्नो मामा घर हजारी लाल सिहको घरमा आउने क्रममा उनलेे आफ्नै शरिरमा पेट्रोल छर्की आगो लगाएको रंगेली प्रहरीले जनाएको छ ।
उनलाई स्थानियले शरिरको आगो निभाई उपचारको लागि रंगेली अस्पताल ल्याएको र उनकाे शरिरको छाती,हात,खुट्टा जलेको घाइते भएको र विभिन्न ठाउँमा जलेर घाइते भएकाे रंगेली प्रहरीले जनाएको छ । थप उपचारका लागि बिराटनगर स्थित पारस अस्पतालमा उपचारका लगिएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक बुद्धिराम चाैलागाईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *