किशोरीलाई डेटिङ जाउँ भनेर च्याटिङ गर्ने पथरी उद्योग वाणिज्य संघका महासचिव बस्नेत निलम्बित ।थारु पाेर्टल

Spread the love
भाद्र ।१३।
किशोरीको इन्छा विपरित पटक पटक डेटिङ जाउँ भनेपछि मोरङको पथरीशनिश्चरे स्थित पथरी उद्योग वाणिज्य संघ (पथरी उवा संघ)को महासचिव राजेन्द्र बस्नेत निलम्बित भएका छन् ।
महासचिव बस्नेतले सार्वजनिक संस्थामा कार्यालय सचिवको रुपमा कार्यरत करिव २०, २१ बर्षकी किशोरीलाई सामाजिक सञ्जाल फेसबुकको च्याटिङ मार्फत पटक पटक घुम्न जाउँ, उतै बसौ, सपिङ गरिदिन्छु, टिकटक बनाउँ भन्ने आसायको च्याटिङ गरेका थिए । महासचिव बस्नेतले इन्छा विपरित डेटिङ प्रस्ताव अस्वीकार गरेपनि पटक पटक यही आसायको च्याटिङ गरेपछि ती किशोरीले भाद्र ७ गते (बिहिबार) उद्योग वाणिज्य संघको कार्यबाहक अध्यक्ष यादवचन्द्र दुलाललाई च्याटिङको कुराकानी प्रिन्टसहित आफूमाथि भएको दुव्र्यवहार प्रति छनविन गरेर न्याय दिन माग गरेकी थिइन ।
किशोरीले महासचिव बस्नेतले व्यक्तिगत अस्मितामा आँच आउने भावको म्यासेज पठाएर तनाव दिएको निवेदनमा उल्लेख छ । किशोरीको आफ्नो निवेदनमा आवश्यक परे मोवाइलमा म्यासेज र रेकर्ड देखाउने भन्दै गहिरो अध्ययन गरेर आफूलाइ भएको दुव्र्यवहार र अन्यायप्रति न्याय दिनु अनुरोध गरेकी थिइन । किशोरीले आफू गरिब परिवारको भएको कारण उच्च शिक्षा हासिल गर्न खर्च जुटाउन संस्थामा जागिर खानुपरेको निवेदनमा उल्लेख छ ।
किशोरीले दिएको निवेदन बारे छलफल गर्न कार्यबाहक अध्यक्ष यादबचन्द्र दुलालले सुक्रबार (८ भाद्र)मा बैठक राखेका थिए । उक्त बैठकमा महासचिव राजेन्द्र बस्नेत अनुपस्थित भएपछि स्थागित भएको अध्यक्ष यादवचन्द्र दुलालले जानकारी दिएका थिए । महासचिवको बिषयमा आइतबार (भदौ १०) गते बैठक बसेर राजेन्द्र बस्नेतलाई महासचिव पदबाट निलम्बन गरिएको पथरी उद्योग वाणिज्य संघको कार्यबाहक अध्यक्ष यादवचन्द्र दुलालले बताए ।
महासचिव बस्नेतलाई निलम्बन गर्ने बैठकमा पथरी उवा संघको पूर्ब अध्यक्ष दीपक बस्नेत, पूर्ब उपाध्यक्ष समेतरहनु भएका नगरको पूर्ब उपप्रमुख यमुना विष्ट, व्यवसायी माधव कोइराला, उमेश विष्ट लगायत उपस्थित रहेका थिए । निलम्बित महासचिव राजेन्द्र वस्नेत गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट पथरीशनिश्चरे नपा १ नं. वडा अध्यक्षको उमेद्वार तथा पूर्ब जेसीज कर्मी हुन् । यो बिषयमा प्रतिकृया लिनको लागि फोन सम्पर्क गर्दा बस्नेतको फोन सम्पर्क हुन सकेन ।
किशोरीले बस्नेतको डेटिङ प्रस्ताव अस्वीकार गरेपछि पथरी उवा संघको पूर्ब कर्मचारीसँग हिडेको, मानेको आसयको म्यासेज हेरेर ती महिला पनि भित्रभित्र बिषय उठाउने गरेको बुझिएको छ । डेटिङ प्रस्तावको कुराकानी बाहिरीए पनि पूर्ब कर्मचारीले लिखित रुपमा निवेदन भने कतै दिएका छैनन् । इच्छा विपरित पटक पटक डेटिङ प्रस्ताव महिला हिंसा वा अपराध मानिन्छ । किशोरीले उजुरी गरेको खण्डमा महिला हिंसा मिलाउने र रोहावरमा बस्नुलाई पनि नेपाली कानुनले अपराधको रुपमा लिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *