नेपाल शिक्षक महासंङ्घ कानेपोखरीको अध्यक्षमा धर्मराज थापा ।थारु पाेर्टल

Spread the love
भदौ १६, कानेपोखरी ।
नेपाल शिक्षक महासंङ्घ कानेपोखरी गाउँपालिका कार्यसमितिको अध्यक्षमा धर्मराज थापा(दिपक) सर्वसम्मत चयन भएका छन् । नेपाल शिक्षक महासंङ्घ कानेपोखरी गाउँपालिका कार्यसमितिको दोस्रो गाउँ अधिवेशनले धर्मराज थापा(दिपक) लाई सर्वसम्मत चयन गरेको हो ।
त्यसैगरी सहअध्यक्षमा भक्ति भट्टराई, उपाध्यक्षमा लोकेन्द्र लिम्बु, महिला उपाध्यक्षमा भगवती भण्डारी, सचिवमा फुलमाया राई(भावना), सहसचिवमा चन्द्र मगर, महिला सहसचिवमा लक्ष्मी तामाङ, अर्थ सहसचिवमा सुमित्रा चौधरी, संस्थागत सहसचिवमा जितेन्द्र धिमाल, अनिल कार्की, विकास काफ्ले र पुष्पा राई सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा कृष्ण प्रसाद आचार्य, रामप्रसाद निरौला, षडकुशदेवी रेग्मी, तारादेवी कार्की, देवेन्द्र विष्ट, डम्बरकुमारी गुरुङ, भिमा मगर, रोमा थपलिया र माघव तामाङ रहेका छन् । नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमको विशिष्ट अतिथि नेपाल शिक्षक महासंङ्घ मोरङका सचिव प्रेमप्रकास कोइरालाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारी रहेका थिए । त्यसैगरी विशिष्ट वडा नं. ६ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक खड्ग बस्नेत रहेका थिए । त्यसैगरी नेपाल शिक्षक संगठन कानेपोखरीका अध्यक्ष संजिव खड्का र सामुदायिक विद्यालयका प्रअहरु अतिथि रहेका थिए । कार्यक्रम जंगबहादुर बोहोराले संञ्चालन गरेका थिए भने कार्यक्रमको सभाध्यक्ष विजयगोपाल गड्तौला रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *