सरस्वती आधारभुत विद्यालयको प्रवेशद्वार निर्माणार्थ समुद्घाटन सहित रकम हस्तान्तरण  ।थारु पाेर्टल

Spread the love
पथरी समाचारदाता,
भदाै- १६ गते
माेरङ्गकाे पथरी शनिश्चरे -२ बोक्रे – शान्तिनगर चोकमा रहेको श्री सरस्वती आधारभुत विद्यालयको मुल गेटको निर्माणका लागि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले उद्घाटन गरेका हुन्।
Open photo
शनिबार बिहान गुरूपुरोहितद्वारा पूजा विधि तथा वैदिक मन्त्रोच्चारण गर्दै कलश , धूप, दीप, पुष्प गुच्छा सहित ईंटा राखेर उद्घाटन गरिएको हो। सो विद्यालयको गेट निर्माणका लागि हाल अमेरिकामा बसोवास गर्दै आएका युवा रविन तथा कल्पना दाहाल, दिनेश बान्तवा, सुवास तथा सफल केसी र अनिश ठाकुर सहित ५ जनाबाट उपलब्ध एक लाख रुपैयाँ समाजसेवी हेमन्त खतिवडा मार्फत् विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र थापालाई हस्तान्तरण गरिएको थियो ।
Open photo
उक्त अवसरमा वडा नं २ का वडा अध्यक्ष नैना साम्पाङ राई,वडा सदस्यहरू क्रमशः चन्द्र कुमार राई, खिलानाथ घिमिरे र अम्बिका लिम्बु, विद्यालयका प्रधानाध्यापक रमेश सुवेदी , चौतारी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टंक बहादुर सुब्बा,विद्यालयका संचालक समितिका पदाधिकारीहरु, शिक्षक शिक्षिका तथा स्थानीय क्लबका प्रतिनिधि एवं समाजसेवीहरुको उपस्थिति रहेको थियो। सोहि क्रममा विद्यालयको परिसर तथा शान्तिनगर चोक स्थित सडकको दुवै तर्फ शिरिश र कल्की प्रजातिका विरूवाहरू रोपिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *