भदौ १६ शनिबार
रबिन्द्र बराल

घर घरमा माओवादी जन जनमा माओवादी भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ले तीन महिने विशेष रुपान्तरण अभियान शुरु गरेको छ ।
साेहि कार्यक्रम अन्तर्गत रंगेली नगरपालिकामा समेत मओवादीले सरसफाइ गरेको छ । रंगेली ४ स्थित चाेप्राह बाेडर तथा सिमाक्षेत्रमा रहेकाे सडक पेटिमा माओवादी ले सरसफाइ कार्यक्रम गरेको छ ।
रंगेली नगर ले गरेको कार्यक्रममा क्षेत्र इन्चार्ज श्रवण राय,नगर उपाध्यक्ष दिपेन्द्र बिक्रम शाह सहसचिव सुसील साह लगागत स्थानीय ,बुद्धिजीवी पाटिका प्रतिनिधि लगायत काे उपस्थिति रहेको थियोे । केन्द्रीय अभियानले पार्टीको सबैभन्दा तल्लो इकाइ वडा कमिटीलाई सुदृढ गर्न जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गरेको उपाध्यक्ष शाह ले बताए ।