पञ्चायत माविमा  कानून संकायको विद्यार्थीमाझ अनुशिक्षण कार्यक्रम सम्पन्न ।थारु पाेर्टल

Spread the love
पथरी शनिश्चरे,
भदौ १७ गते ।
नगरमा सर्वाधिक बढी संकायगत पठनपाठन हुने सर्वाधिक बढी विद्यार्थी पठनपाठनरत् श्री पञ्चायत माविमा आज आइतबार बिहानको सत्रमा कानून संकायको विद्यार्थीमाझ अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिको पछिल्लो योजनाअनुरुप आयोजना गरिएको यसखालको कार्यक्रमले विद्यालयले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षा, दैनन्दिन पठनपाठनको सहजता र सरोकारवाला सबै पक्षलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले सहभागी अनुशिक्षक, विषयगत शिक्षक र विद्यार्थी सबैलाई स्वागत गर्नुभएको थियो । स्वागत गर्ने क्रममा आफ्नो माविमा चल्दै आएका आठवटा संकायगत कार्यक्रमहरूमा नै यो खालको सिकाइविधि–क्याप्सुल अवलम्बन गरिने प्रधानाध्यापक बुढाथोकीले थप्नुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज बास्कोटाको अध्यक्षतामा सम्पन्न अनुशिक्षणमा कोशी प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता माननीय चुडामणि आचार्यले कार्यक्रमको सहजीकरण सहित सुक्ष्म ढंगले शिक्षित प्रशिक्षित गर्नुभएको थियो ।
निर्धारित पाठ्यक्रमअनुरुपको कानून विषय, यसनिम्ति राज्यको आधारभूत संरचनागत अवधारणा, कानून अध्ययनपछिका दिनमा प्राप्त हुने राम्रा पक्षहरू आदि विषयोपर अन्तरक्रियामा आधारित प्रश्नोत्तर सहित सम्पन्न कार्यक्रममार्फत कानून संकायअन्तर्गत अध्ययनरत ५३ जना विद्यार्थीले सहभागिता रहेको कार्यक्रम सञ्चालक शिक्षक केशव निरौलाले जनाउनुभएको छ । कार्यक्रममा सहायक प्रधानाध्यापक बुद्धिनाथ अधिकारी, शिक्षकहरू दिनेश सुवेदी, गणेश विष्ट, सुरेन्द्र न्यौपाने, इन्द्रकुमार लुइँटेल, भूमिप्रसाद पाठक र रचना अधिकारीको सक्रिय सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समितिको तर्फबाट आफूहरूले परम्परागत पढाइ होइन, परिस्कृत सिकाइविधि अवलम्बन गर्न चाहेको र सिकाइविधि आफैंमा प्रयोगमा आधारित हुनुपर्ने मान्यताअनुरुप यो अनुशिक्षण कार्यक्रम आयोजना गरिएको बताउँदै अध्यक्ष युवराज बास्कोटाले दक्ष जनशक्ति निर्माण र समाजमा यसको यथोचित् प्रयोगमा जुट्न कानून संकायसमक्ष आह्वान गर्नुभयो ।
सामाजिक न्यायका आँखाले हेर्दा अत्यन्तै अप्रिय लाग्ने मेयर बालेन शाहको हिजोको स्टाटस स्वयंमा सामाजिक र सांस्कृतिक मर्यादाविरोधी अस्त्र भएको औंल्याउँदै अध्यक्ष बास्कोटाले समाजमा बढ्दो नकारात्मक अभिव्यक्ति र निरपेक्ष टिकाटिप्पणीले स्पेश पाएसँगै कानूनको पूर्णतः खिल्ली उडेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रम बिहान साढे ८ बजेदेखि झण्डै साढे १० बजेसम्म चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *