पथरी बहुमुखी क्याम्पसमा विश्व विद्यालय अनुदान आयोगको भिजिट पूरा। थारु पाेर्टल

Spread the love
भाद्र ।१९।पथरी सँवाददाता  ।
मोरङको पथरीशनिश्चरे–१ मा अवस्थित पथरी बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन क्वालिटी एसुरेन्स एण्ड एक्रिडिटेशन (क्यूएए) प्रक्रियाको लागि विश्व विद्यालय अनुदान आयोगको प्रथम भिजिट आज पूरा भएको छ ।
विश्व विद्यालय अनुदान आयोगको पूर्ब सदस्य सचिव तथा आयोगको विशेषज्ञ प्राध्यापक भोलानाथ पोखरेल र नबिना चौलागाइले क्याम्पसको पहिलो तयारी भिजिटमा आएका हुन् । क्याम्पसले क्यूएए प्रमाणितको प्रक्रिया अघि बढाएपछि अनुदान आयोगको टोली भदौ १७ गते आजसम्म अध्ययन गरेको हो । टोलीले क्याम्पस सञ्चालक समितिको अध्यक्ष, क्याम्पस प्रमुखलाई एक्लाएक्लै र समूहमा, कर्मचारी, शिक्षकहरु, समाजका अगुवाहरू, विद्यार्थी, पूर्व विद्यार्थी, , स्ववियु पदाधिकारी, क्याम्पस पढेर रोजगारीमा लागेका र रोजगारदाताहरुलाई, स्याट, एसएसआर, आरएमसी, डिपार्टमेन्ट प्रमुखहरुलाई, स्वास्थ्य व्यवस्थाबारे छुट्टाछुट्टै भेटघाट गरेर अध्ययन गरेका थिए ।
यस्तै भौतिक पूर्वाधार, लाइबेरी, ल्याव, क्यान्टिन, गाडी तथा साइकल स्टेण्डको व्यवस्था हेरेका थिए । क्याम्पसमा एमएड, एमबीएस, बीए, बीबीएस, बीएड गरी हाल ६ सय ७६ विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा अध्ययनरत विद्यार्थीको उर्तिर्ण प्रतिशत ४५.९४ रहेको छ । क्याम्पसमा वीचैमा पढाइ छाड्ने (ड्रप आउट) विद्यार्थी ५० प्रतिशत रहेको छ ।
आयोग टोलीले विद्यार्थी पास प्रतिशत वृद्धि गर्नुपर्ने, वीचैमा पढाइ छाड्ने विद्यार्थीको संख्या घटाउनु पर्ने, सिकाइ अभ्यास एकातर्फी (लेक्चर विधि) मात्र प्रयोग भएको, मानव स्रोत विकासको योजना नभएको, अनुसन्धान लेख सीमित भएको लगायतको निष्कर्ष लेख्दै सुझाब समेत दिएको छ । आज भएको अन्तिम छलफलमा आयोगको तर्फबाट भोलानाथ पोखरेलले रिपोर्टमा उल्लेख भएको विषय उपस्थित सरोकारवालाहरुलाई सुनाएका थिए ।
यस्तै सञ्चालक समितिको अध्यक्ष रामकुमार बस्नेतले पथरी बहुमुखी क्याम्पसलाई अन्तर्राष्ट्रिय स्तरमा बिक्ने जनशक्ती उत्पादन गर्न सुझाबहरुलाई समेटेर क्यूएए प्रमाणित गर्न तीन महिना भित्र पुनः रिपोर्ट बुझाउने प्रतिबद्धता गरे । क्याम्पस प्रमुख शान्तिराम तिम्सिनाले उत्तीर्र्ण प्रतिशत वृद्धि गर्ने, क्याम्पसलाई लागेको ऋण तिर्न पहल गर्ने लगायतको प्रतिबद्धता व्यक्त गरे । समापन कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले सबै लागे क्याम्पसको गुणस्तर सुधार नर्ग सकिने र स्थानीय सरकारको तर्फबाट सहयोग रहने बताएका छन् । संविधानसभा सदस्य चण्डीप्रसाद राईले क्यूएए प्रमाण–पत्र भन्दा पनि शैक्षिक गुणस्तर वृद्धिको लागि विद्यार्थीलाई काउन्सिलिङको आवश्यकता रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *