पथरी शनिश्चरे नगरप्रमुख तुम्वापोद्वारा पथरी जेसीजको सप्ताह कार्यक्रम उद्घाटन: गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण ।थारु पाेर्टल

Spread the love
पथरी समाचारदाता,
भदाै-१९ गते
मोरङको पथरीशनिश्चरे नगरपालिकाका प्रमुख माेहनप्रसाद तुम्वापोले पथरी जेसीजद्वारा आयोजित सप्ताह व्यापी कार्यक्रमको ब्यानर पढेर उद्घाटन गरेका छन्। आज मंगलबार बिहान पथरी शनिश्चरे-२ मा रहेकाे रेडस्टार माविमा सभाहलमा एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्। रेडस्टार माविमा कक्षा ११/ १२ मा अध्ययनरत छात्र छात्राका लागि भाषणकला सम्बन्धी तालिम प्रदान गरिएको थियो।
उक्त तालिमका सहभागी विद्यार्थीहरूलाई मुख्य टेनर कैलाश खाकी श्रेष्ठले प्रशिक्षण सहित सहजीकरण गरेका थिए। उक्त अवसरमा लेटाङका जेसीजका अध्यक्ष सुनिल चौधरी , पुर्व पथरी जेसीजका अध्यक्ष सन्तोष ढुङ्गेल र विराटनगर जेसीजका पुर्व अध्यक्ष तथा प्रमुख प्रशिक्षक कैलाश खाकी श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो।
आजै दोस्रो चरणको कार्यक्रममा पथरी जेसिज बर्ष २०२३ को जेसीज सप्ताह अन्तर्गत शैक्षिक सामाग्री वितरण गरिएको थियो। पथरी शनिश्चरे -०९ स्थित आदर्श सीता आधारभुत विद्यालयमा पथरी जेसिजले करिब १०हजार रूपैयाँ बराबरको शैक्षिक सामाग्री गरिब तथा जेहेन्दार विद्यार्थीलाई वितरण गरेका थिए। पथरी जेसिज बर्ष २०२३ को अध्यक्ष सुवर्ण खत्रीले अध्यक्षता गरेका उक्त कार्यक्रमको मुल संयोजक कृष्ण कुमारी राई र संयोजक गंगाराम साहले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *