श्री कृष्ण जन्म अष्टमीको अवसरमा केराैनमा मेला ।थारु पाेर्टल

Spread the love
बिबेक खतिवडा
भाद्र।२० कानेपोखरी 
मोरङको कानेपोखरी गाउँपालिका वडा न. २ मा रहेको केरौन चोकमा आज बुधवार  श्री कृष्ण जन्म अष्टमीको अवसरमा  मेला लाग्ने भएको छ ।
केरौन चोकमा रहेको श्री राधाकृष्ण मन्दिरमा स्थानियहरु सँग सहयोग उठाएर मेला लगाएकाे हाे । आज राती १२ बजे कृष्ण जन्माउने र भोलि  विहिबार मेला लगाउने राधाकृष्ण मन्दिर समितिका अध्यक्ष महेश सुवेदीले जानकारी दिनुभयाे  ।
अध्यक्ष सुवेदी का अनुसार धेरै समय अगाडि देखि नै कृष्ण जन्म अष्टमी पर्वको रुपमा मनाउदै आएको हुनाले यस पर्वलाई निरन्तर रुपमा हरेक बर्ष मनाउदै जाने र मेलामा विभिन्न मनोरञ्जनका खेल खेलाइ बिजेता लाई पुरस्कृत गर्ने  समेत बताए। सुरुवातमा स्थानीय युवाहरुले चंदा उठाएर मेलाको आयोजना गर्थे केहि बर्ष देखिभने समितिले आयोजना गर्दै आएको छ। अघिल्लो बर्ष सोही स्थानमा सहयोग रकम उठाएरै मन्दिर स्थापना गरि मन्दिरकै परिसरमा मेला लगाउन थालिएको हो। र यहिका छेउ छाउका गाँउ बाट मेला भर्ने हरु आउने गर्दछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *