पथरीशनिश्चरे–८ मा सार्वजानिक सुनुवाई कार्यक्रम–२०८०  ।थारु पाेर्टल

Spread the love
पथरी समाचारदाता
भदौ-२२ गते
मोरङको पथरी शनिश्चरे वडा नं. ८ को आयोजनामा सार्वजानिक सुनुवाई कार्यक्रम–२०८० सम्पन्न भएको छ ।
आज वडाको सभाहलमा भएको सो कार्यक्रममा वडाले आर्थिक वर्ष २०७९/०८० मा संचालित कार्यक्रम, योजनाहरूको सार्वजानिक सुुनुवाई गरिएको हो । वडा अध्यक्ष नविन कार्कीले वडाले आ.व. २०७९/०८० मा संचालित कार्यक्रम एवं प्रगति विवरणहरू प्रस्तुत गरेका थिए। यस्तै कार्यक्रममा उपस्थित विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रतिनिधि, वडावासीले प्रश्न एवं जिज्ञासा राखेका थिए।
ती जिज्ञासाहरुको उत्तर एवं वडाका भावी योजनाहरु संचालन बारे वडाध्यक्ष कार्कीले प्रष्ट पारेका थिए। वडा सदस्य बाबुराम चौधरीले स्वागत मन्तव्य राखेका सो सार्वजानिक सुनुवाई कार्यक्रममा वडा सदस्य झमकबहादुर लिम्बु, शिवकुमारी विक, नेपाली कांग्रेस वडा सभापति टिकाराम खड्का, नेकपा एमाले वडा सदस्य निकलण्ड सुवेदी, नेकपा माओवादी केन्द्रका वडा सदस्य अनिल खजुम, राप्रपा वडा संयोजक नारायण थापा, रा.स्व.पार्टीका वडा सभापति महेन्द्र मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव अशोक कार्कीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *