एन प्याब्सन कानेपोखरीको अध्यक्षमा अर्जुन राई ।थारु पाेर्टल

Spread the love
भदौ २३, कानेपोखरी ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कानेपोखरीको नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार रमाइलोकाे माेक्ष हाेटलमा  भएको एन प्याब्सनको दोस्रो अधिवेशनले अर्जुन राई अध्यक्ष चयन गरेकाे छ । जसमा  ७ सदस्यीय समिति काे नयाँ कार्य समिति गठन भएकाे हाे ।
उपाध्यक्षमा अगम बहादुर लिम्बु, सचिबमा महेन्द्र बोहोरा र कोषाध्यक्षमा पदम बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा याम बहादुर कार्की, कमल कार्की, टिकाराम गिरी चयन भएका सचिव महेन्द्र बोहोराले बताए । एन प्याब्सन जिल्ला अध्यक्ष सुनिलदत्त अधिकारीको उपस्थितमा नयाँ कार्य समिति चयन भएको हो । अध्यक्ष अधिकारीले नवनिवार्चित समितिलाई बधाई ज्ञापन गरेका थिए । राजेश कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महेन्द्र बोहोराले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *