कानेपाेखरीका थारुजातीहरुले भाेली कानेपेाखरी भरी ” रैब पर्व ” धुम धाम साथ मनाउदै । थारु पाेर्टल

Spread the love

भाद्र ।२३।कानेपाेखरी 

विद्यानन्द चाैधरी 

कानेपाेखरीका थारुजातीहरुले भाेली कानेपेखरी भरी  रैब पर्व” मनाउने भएकाे छ  ।रोपाइँ सकेपछी  असारे झरीमा गरेकाे जान अन्जान गल्तीलाई क्षमा माग्दै भाद्र महिनाको कृष्ण अष्टमी पछिकाे कुनै एक आइतवार याे पर्व मनाईनछ ।त्यस दिन नुन र तेल खानुहुदैन केवल  दही च्युरा काेला  गुलियो मात्र खाएर “रैब पर्व” मनाइन्छ । याे दिन विहानै घरआगन इनारकाे पानिले लिपपाेतगरेर सफा राख्न र नुहाई धुवाई गरेर अरुवा च्युरा काेलाकाे पातमा कुल देवतालाई चढाउने चलन समेत रहेकाे छ।

थारु हरुले भाद्र महिनाको प्रत्येक आइतवार “रैब पर्व” मनाउने गरिन्छ । थारु भाषामा आइतवारलाई रैब दिन भन्ने गरेकाले आइतवार रैब पर्व मनाउने परम्परा रहेको छ । सबै टोलमा फरक फरक दिन गर्ने चलन रहेकोले भाद्र महिनाको कुनै एक आइतवार नुन र तेल नखाई विधिपुर्वक मनाउने गरिन्छ । यस बर्ष भदौ महिनाको पाँचवटा आइतवार (रैब) पर्व भएपनि कुनै एक आइतवार मनाए पर्व सफल हुने बिश्वास रहिआएको छ  ।कानेपाेखरी थारु कल्याण कारीणी सभाकाे निर्णय अनुसार याे पटक कानेपाेखरीका थारुहरुले भाेलीकाे रैव धुम धामका साथ मनाउने जानकारी कानेपाेखरी थारु कल्याण कारीणी सभा सचिव भादुलाल चाैधरीले जानकारी दिएका छन ।जव कृष्ण भगवानले दहि खान्छ त्यस पछि मात्र थारु समुायले रैव पर्व मनाउदा राम्राे हुने विश्वास समेत रहेकाे छ ।अहिले  याे  रैव पर्व लोकप्रिय बन्दै गएको छ ।

छाेरी चेली लाइ माइत बाेलाएर सुख दुखका कुराहरू साटासाट गर्नाले छाेरी चेलीकाे आषीश लाग्ने र आफुले चिताएको सबै आशा आकान्क्षा पुरा हुनुको साथै घर परीवारको सदस्यहरु वर्षभरी कुशल्ल मंगमय रहने थारु सामूदायको धार्मिक आस्था र मान्यता रहेको छ ।

यो पर्व पुर्ब देखि पश्चिम सम्मका थारूहरुले आ आफ्नाे तरिकाबाट  मनाउने गरेको छ । पुर्वकाे थारु सामुदायमा यसलाइ रैव पर्व भनेर मनाइन्छ भने पश्चिमेली तथा मध्य पश्चिममा अट्वारी पर्व भनेर पनि मनाउने गरिन्छ ।

 

रैब पर्वकाे  महत्व ।।।।।

खासगरी, खेतीपाती रोपाई सकिएपछि खेतीपाती गर्दा जान अन्जान विभिन्न साना साना जिव जन्तुहरु मारेकाे तथा बाली सप्रिने उब्जा बढी हुने धार्मिक मान्यताका साथ सुनसरी,मोरङ लगायतका थारु समुदायले रैब पर्व मनाउँदै आएको  छ । थारु समुदाय प्रकृति पुजक भएकाले बालबच्चाको सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दै प्रकृति र कुल देवतालाई पूजा गरी यो पर्व मनाइन्छ। उनी भन्छन्,’ थारुहरु प्रकृतिका पूजारी हुन।

 

प्रकृतिमा पाइने फलफूल, दूध, दही खानुपर्छ।सूर्य प्रकृतिमा सबैमा ठूलो शक्तिको स्रोत भएकाले यसको उपासना गरिन्छ, सन्तानको समृद्धि र सुस्वास्थ्यको लागि।’प्रकृति पूजकले जीवन एक दिन सात्विक भोजन गरेर व्रत बसौ।र आपसमा सद्भाव, भेटघाट, माया र स्नेह आफन्तहरुबी साटासाट गरौ। प्रकृतिप्रति वैरभाव नराखौ। यही शाश्वोत नियम हो। प्रकृतिप्रदत्त उपहारहरु फलफूल खाऔ,जीवन आनन्द बनाऔ र ‘रैब पर्व’ मनाऔ।’

 

यस्तै पर्व गरेका दिन कसैले नुन वा तेल खाए भने रैव पर्व असफल भई कुलदेवताले साथ नदिने अनिष्ठ हुने धार्मिक मान्यता रहेको छ। यस्तै अर्को मान्यता अनुसार बर्षाको समयमा तराईमा सर्पको बिगबिगी हुने हुँदा सर्पले कसैलाई पनि अनिष्ट नगरोस भनेर पर्वकै दिन महिलाहरुले बिष हरण गर्ने पौराणिक गीत बिषहैर गाउँदै नदि वा पोखरीमा नागदेवतालाई प्रतिमूर्ति बनाई बिर्सजन गर्ने गरिन्छ।
त्यसैगरी खेतिपाति रोपाई गर्दा अवस्थामा हल्लो जोत्ने र खेत रोप्ने कृषकहरु नुन र खुर्सानी बढी खाने भएकाले प्रेसर बढने हुँदा त्यसको सन्तुलनको लागि पनि एक दिन नुन तेल बार्ने चलन रहेको छ ।

स्वास्थ्य धार्मिक  लाभ ‘रैब बाट ।।।

कुनै कामको सुरुवात गर्नुअघि दही खानाले उक्त काममा सफलता मिल्दछ । दहीलाई सगुनको रुपमा लिने गरिन्छ । नेपालमा मात्र नभएर दहीलाई संसारभर नै स्वास्थ्यवद्धक भोजनको रुपमा प्रयोग गरिन्छ । सबै उमेर समुहको लागि उपयोगी क्याल्सियम र मिनरलको खानी हो दही । विशेषतः पाचन सम्बन्धि समस्याका लागि दही थारु समुदायमा अनिवार्य मानिन्छ। किनकी दहीमा क्याल्सियमको मात्रा बढी हुने हुँदा हड्डीलाई मजबुत बनाउनुका साथै यसको विकास हुन सघाउँछ। दातलाई मजबुत बनाउन पनि दहीले विशेष भूमिका खेल्दछ ।

प्राय थारु समुदायको यो रैब पर्वमा माछा मासु र नुन तेल खान नहुने भएकाले स्वास्थ्यको दृष्टिकोणबाट उत्तम मानिन्छ। यसैकारण दही सेवन गर्नेहरुको पाचनप्रणाली मजबुत हुने थारु बुढापाकाहरुको भनाई छ। दहीले रगतको कमीलाई पूर्ति गर्दै शरीरको कमजोरीलाई कम गर्छ । दहीले रोग प्रतिरोधात्मक क्षमतालाई समेत सुद्धढ बनाउँछ। यही कारण थारु समुदायमा दहीको विशेष महत्व राख्दछ। आज आफन्तहरु रैब खान जाँदा सगुनको रुपमा माटोको भाडोमा दही कोसेलीको रुपमा समेत  लैजाने गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *