पथरीशनिश्चरे–२ मा स्थापित हरियालीको वार्षिक साधारणसभा ।थारु पाेर्टल

Spread the love
पथरी शनिश्चरे, भदौ २४
मोरङको पथरी शनिश्चरे वडा नं. २ अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १८ आंै वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाका प्रमुख अतिथि नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले हरियाली वनले दुःखी र गरिबहरुलाई धेरै सहयोग गर्दै सह्रानीय कार्यहरु गर्दै आइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘हरियालीले रोजगारी सृजना गराएर उत्पादन कार्यलाई अघि बढाइरहेको छ । भावी दिनमा अझ धेरै सक्रियताका साथ अघि बढोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।’ वनले साधारणसभाको अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत रुद्र बहादुर कार्की, हर्कबहादुर गुरुङ, धनप्रसाद लामिछाने, कुन्ने राई, हस्तकेशर राईलाई दोसल्ला र नगद सहित सम्मान गरेको छ ।
यस्तै क्यान्सर रोग पीडित सुकवल राई र पूर्णमाया कामीलाई नगर रु. ३० हजारका दरले चेक नगर प्रमुखले हस्तान्तरण गर्नुभयो । कार्यक्रम विभिन्न वनका पदाधिकारीहरु, पथरी शनिश्चरे वडा नं. ४ का वडाध्यक्ष लोकनाथ न्यौपाने, वडा नं. ३ का वडाध्यक्ष बिजय लिम्बु र वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेतको उपस्थिति रहेको थियो ।
निर्विरोध निर्वाचित पदाधिकारीहरु क्रमशः काबुबहादुर मगर अध्यक्ष, दिलबहादुर तामाङ उपाध्यक्ष, निर्मला चौहान सचिव, नारायण अधिकारी सह–सचिव, जानुका खड्का चौहान कोषाध्यक्ष, सदस्यहरुमा इन्दिरा मगर, दुर्गा कुमारी चौहान, रमा तामाङ, भक्तकुमार गेलाल, हरिबहादुर लामा तितुङ, कुमार गुरुङ, आतेजुङ राई, पूर्णकुमारी तामाङ, लिलामाया अधिकारी र शान्ति बराइलीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *