सरकारमा बसेका कारण देश हिंसातिर गएकाे सांसद शर्माकाे दावी ।थारु पाेर्टल

Spread the love
पथरी समाचारदाता,
भदाै-२४ गते
प्रतिनिधि सभाका सांसद डाक्टर सुनिल शर्माले जनताले दिनरात दु:ख गरेर तिरेको कर वा राजस्वलाई सबैभन्दा बढी बजेट आफ्नो निर्वाचन क्षेत्रमा विनियोजन गरेको बताएका छन्।
शनिबार मोरङको पथरीशनिश्चरे- १० मा रहेको श्री डाँस मोरङी सामुदायिक वन उपभोक्ता समुहको २२ औं साधारणसभामा संबोधन गर्दै उनले सो कुरा बताएका हुन्।
मुलुकमा जातिय, धार्मिक तथा अन्य विभिन्न प्रकारका द्वन्द्व,हिंसा र आन्दोलनका घटनाहरू बढ्नुमा प्रमुख जिम्मेवार राजनीतिक दलहरू भएको दावी गरे। सांसद शर्माले वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, हालका अर्थमन्त्री डा रामशरण महत, महामन्त्री खुम बहादुर खड्काले मिलेर जनताले दिनरात दु:ख गरेर तिरेको कर वा राजस्वलाई सबैभन्दा बढी आफ्नो निर्वाचन क्षेत्रमा विनियोजन गरेको भनी आपत्ति जनाएका थिए।
सोहि क्रममा कोसी प्रदेशकी सांसद गीता तिम्सिनाले सामुदायिक वनहरूको पीर मर्काबारे प्रदेश सभामा आवाज उठाउँने वचन दिएकी छिन्। सोहि क्रममा कोशी प्रदेश सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष अग्नि पौडेलले लोकतन्त्र र गणतन्त्र स्थापना भएको लामो समय भइसक्दा पनि सामुदायिक वन उपभोक्ता ऐन- नियमावली परिवर्तन हुन नसकेकोमा आक्रोश पोखे। आगामी आर्थिक वर्ष २०८०/०८१को लागि पथरीशनिश्चरे १० जिरीखिम्तीमा डाँस मोरङी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष मदन पोखरेलले- वार्षिक कार्यक्रम तथा आगामी वर्षका लागि प्रस्तावित विनियोजित बजेट प्रतिवेदन प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *