राष्ट्रिय बाल दिवस २०८० को अवसरमा मोरङको कानेपोखरीमा तीन वटा संस्थाले हाजिरी जवाफगर्दै छ ।

Spread the love

भदौ २६, कानेपोखरी ।

राष्ट्रिय बाल दिवस २०८० को अवसरमा मोरङको कानेपोखरीमा तीन वटा संस्थाले हाजिरी जवाफगर्दै छ ।

प्याब्सन, एनप्याब्सन  र पिनाकल बाल क्लबले आधारभूत तह स्तरीय हाजिरिजवाफ प्रतियोगितको आयोजना गरेको छ ।

एनप्याब्सन कानेपोखरीले आज मंगलबार भदाै २६गते आधारभूत तह स्तरीय हाजिरिजवाफ प्रतियोगिता वडा नं. ६ मा रहेकाे रमाइलो जनएकताको सभाहलमा प्रतियोगिता गरिने  जानकारी एनप्याब्सन कानेपोखरीका अध्यक्ष अर्जुन राईले बताए । निजी तथा सामुदायिक विद्यालयबाट सहभागि हुने प्रतिगोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी प्याब्सन कानेपोखरीले असोज २८ गते विहिबार आधारभूत तह स्तरीय हाजिरिजवाफ प्रतियोगिता आयोजना गर्ने भएको हो । जसमा कनेपाेखरी प्याब्सनका ८वटा विद्यालय सहभागि हुने र  वडा नं. ६ स्थित रमाइलो जनएकताको सभाहलमा हुने प्रतियोगितामा पहिलो पल्ट भएकोले प्याब्सन अन्तरगतका विद्यालयहरुमा सहभागि हुने प्याब्सन कानेपोखरीका अध्यक्ष मनकुमारी गुरुङले बताइन् । भने प्याब्सन कानेपोखरीमा ११वटा विद्यालय सदस्य रहेका छन । त्यसैगरी वडा नं. ४ मा रहेको पिनाकल बाल क्लबले भदौ २९ गते शुक्रबार आधारभूत तह स्तरीय हाजिरिजवाफ प्रतियोगिता गर्ने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *