दिपेश रोक्का
कानेपोखरी , २७ भदौ ।

एनप्याबसन कानेपोखरी समितिको आयोजनामा ५९ औ राष्ट्रिय बाल दिवसको अवसरमा हाजिरी जवाफ , हिज्जे , निबन्ध लेखन प्रतियोगिता रमाइलो जनएकताको सभा हलमा मंगलबार सम्पन्न भएको थियाे ।
बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनि भन्ने नाराका साथ कार्यक्रम गरिएको एनप्याबसन कानेपोखरी अध्यक्ष अर्जुन राईले बताउनु भयो । अगामी दिनमा एनप्याबसनले विभिन्न्न कार्यक्रमको आयोजना गर्ने राईले बताउनु भयो । कार्यक्रममा गाउँपालिका भरि निजि तथा सार्वजनिक बिधालयका बिद्यार्थीहरुको उपस्थित रहेको थियो । हिज्जे प्रतियोगितामा ८ निजि तथा सार्वजनिक बिधालयले सहभागिता जनाएको थियाे ।

जस मध्ये हिज्जे प्रतियोगितामा पहिलो स्थान आर्दश स्कुल , दोस्रो स्थान माउन्ट हर्मोन , तेस्रो स्थान सर्च लाइटले सफलता हात पर्न सफल भएको थियो । त्यस्तै निबन्ध प्रतियोगितामा पहिलो स्थान पिनाकल ग्यान मन्दीर की अर्पना पौडेले प्रथम स्थान हासिल गर्नु भएको थियो । दोस्रो हुनेमा माउन्ट हर्मोन की दिपिका गज्मेर , मकालु मोरङ की बिद्यार्थी नबिना दासले तेस्रो स्थान हासिल गर्नु भएको थियो ।
हाजिरी जवाफ तर्फ माउण्ट हर्मोनले प्रथम स्थान हासिल गरेको थियो भने मकालु मोरङ बोर्डिङ स्कुल दोस्रो , रमाइलो बालजगत बोर्डिङ स्कुल तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।। कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि एन्प्याबसन केन्द्रिय उपाध्यक्ष जय बहादुर श्रेष्ठले किताबी ज्ञानले मात्र हुदैन बिद्यार्थीहरुलाई परीक्षा मुखि भएर रहेको ज्ञानले अगाडि बढाउन सहयोग गर्छ भनेर श्रेष्ठले बताउनु भयो ।
उहाले निजि बिधालयहरुले पैसा असुलि मात्र गर्छ भनेर नभन्नुससमेत श्रेष्ठले बताउनु भयो । कार्यक्रममा बिद्यार्थी शिक्षक , कानेपोखरी ६का वडा अध्यक्ष खडग बहादुर बस्नेत , तथा कानेपोखरि शिक्षा शाखा प्रमुख बेगबहादुर काफ्ले , एनप्याबसन मोरङका अध्यक्ष शुनिल दत्त अधिकारी , एनप्याबसन मोरङका सहकोषाध्यक्ष राजेश कार्कि , एन्प्याबसन मोरङ जिल्ला सदस्य दिपक चौलागाईंको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन एन्पायबसन कानेपोखरीका सचीब महेन्द्र बोहराले गर्नु भएको थियो ।