प्याब्सन कानेपोखरीले भदौ ३१ गते हाजिरीजवाफ प्रतियोगिता गर्दै ।थारु पाेर्टल

Spread the love

भदौ २८, कानेपोखरी ।

राष्ट्रिय बाल दिवस –२०८० को अवसरमा प्याब्सन कानेपोखरीले भदौ २८ गते गर्ने भनिएको हाजिरीजवाफ प्रतियोगिता संविधानसभा अध्यक्ष तथा वर्तमान प्रतिनिधिसभा सदस्य सुबासचन्द्र नेम्बाङको असामयिक निधनलेकार्यक्रमको मिति सारेको छ ।

 

नेपाल सरकारले भदौ २८ गते शोक विदा दिएपछि कार्यक्रम सारेको हो । बुधबार रमाइलोमा बसेको प्याब्सन कानेपोखरीको बैठकले कार्यक्रम सार्दै अर्को मिति तय गरेको छ । आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता भदौ ३१ गते आइतबार गर्ने निर्णय भएको प्याब्सन कानेपाखरी संयोजक मनकुमारी गुरुङले जनाइन् । वडा नं. ६ स्थित रमाइलो जनएकताको सभाहलमा हुने प्रतियोगितामा पहिलो पल्ट भएकोले प्याब्सन अन्तरगतका विद्यालयहरु मात्र सहभागि हुने संयोजक गुरुङले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *