५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा प्याब्सन कानेपोखरीको आयोजनामा प्रभातफेरी तथा ऐतिहासिक कानेपोखरी अध्ययन अवलोकन।थारु पाेर्टल

Spread the love

 

३०।भाद्र ।कानेपाेखरी

५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा प्याब्सन कानेपोखरीको आयोजनामा प्रभातफेरी तथा ऐतिहासिक कानेपोखरी अध्ययन अवलोकन कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार प्याब्सन कानेपोखरीका अध्यक्ष मनकुमारी गुरुङको नेतृत्वमा  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन कानेपोखरी गाउँपालिका समितिमा आवद्ध ८ वटा विद्यालय सहभागि भएका थिए ।

जसमा ७ वटै वडाबाट ८ वटा विद्यालयका विद्यार्थीहरु वडा नं. ६ को मंगलबारे बजारदेखि र्याली सुरु गरेर गाउँपालिका हुँदै रमाइलो चोक परिक्रमा गरी उत्तरबाट ऐतिहासिक कानेपोखरी पुगेका थिए । विद्यार्थीहरुले आआफ्नो विद्यालयको व्यानर सहित प्लेकार्ड बोकी र्यालीमा सहभागि भएका थिए ।

प्याब्सन कानेपोखरीको यो पहिलो कार्यक्रम भएको अध्यक्ष गुरुङले बताइन् । विद्यार्थीलाई गाउँपालिकाकै नाम राखिएको ऐतिहासिक कानेपोखरी देखाउन र त्यहाँको वातावरण सम्बन्धी बालबालिकालाई जानकारी गराउन त्यहाँ लगिएको बताए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *