भाद्र।३१। सुनसरी,

थारु चलचित्र तथा सास्कृतिक संघ सुनसरीको ब्यानरमा निर्माण भएको मैथिली लभ स्टोरी म्युजिक भिडियो डु यु लभ मी को पोस्टर व्यानर सार्वजनिक भएको छ ।
म्युजिक भिडियो गितमा मोडेल पन्नालाल सिक्दार र तृप्ती राजबन्शीकाे मुख्य भुमिका रहेकाे छ । गितलाइ गिता चौधरी र बाबुल झाले स्वर दिएका छन । बिट्स रेकर्डस बिराटनगर स्टुडियोमा एरेन्ज सूरज श्रेष्ठकाे रहेकाे छ । भने अडियोलाइ शब्द सङ्गित साथै गित निर्माण समीर खानले गरेका हुन् ।
यस म्युजिक भिडियोलाइ थारु चलचित्र तथा सास्कृतिक सघ सुनसरीका सचीव जनक चौधरीले निर्देशन गरेको छ । इडिट कलर हेमन तामाङ सह निर्माता राजाराम चौधरीले मिडियालाइ सार्वजनिक गरेको बताए । कलाकार लाइ थप शौन्दर्य मेक अप पुनम चौधरीले गरेकी छिन । क्रु मेम्बर : पाण्डब / सन्जय चौधरी साथ सहयोग गरेको छ।
TFCA NEPAL युटुब च्यानल बाट र्सार्वजनिक हुने सह निर्मता लक्ष्मी कक्रीट उधोगका प्रबन्ध निर्देशक प्रदीप बासमैतले बताए । साथै म्युजिक भिडियोलाइ हेरेर साथ सहयोग एव्म प्रतिक्रिया दिन हुन निर्माणता बासमैतले दर्शक स्रोतालाई आग्रह विनय गरेको छ ।
कोसी प्रदेशको तेह्रथुमको तिन जुरे, धनकुटा, भेडेटार, उदयपुरको बेलका बिच, कोशी पुल, सुनसरी लगायत पर्यटकीय क्षेत्रमा छायांकन गरेको छ भने रबिन चौधरी र सावन चौधरीकाे छायांकन रहेकाे छ ।