भाद्र।३१।कानेपाेखरी
विद्यानन्द चाैधरी
मोरङको कानेपोखरीमारहेकाे निजी तथा आवासीय बिधालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) ले आज रमाईलाे साकाेसकाे सभाहलमा बाल दिवसको अवसरमा बाल बालिकामा लगनी उज्वल भविष्यकाे थालनी मुल नारका साथ ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा आधारभुत तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेकाे छ ।
प्याब्सन कानेपोखरीले याे प्रथम पटक आयोजना गरिएको कार्यक्रम हाे ।प्याब्सन कानेपोखरीमा ११वटा विद्यालय आबद्ध रहेकाे छ भने आजकाे कार्यक्रममा ८ बटा निजी विद्यालयहरुले भाग लिएका थिए ।
जसमा बालज्योती इंङलिस स्कुल हेाक्लाबारी, बाल संसार इंङलिस स्कुल दलेली, कालिथान नमुना इंङलिस स्कुल, कालिथान देवकोटा एकेडेमी इंङलिस स्कुल हरकपुर, रमाइलो बाल जगत इंङलिस स्कुल, रमाइलो जेनिथ इंङलिस स्कुल , रमाइलो पर्ल एकेडेमी इंङलिस स्कुल,रमाइलो र पपुलर इंङलिस स्कुल विहिबारे रहेका थिए भने बाकी ३वटा स्कुल कक्षा ३सम्म मात्र सँचालन भएकाे हुनाले सहभगी भएका थिएन ।
हाजिरी जवाफ प्रतियोगितामा देवकोटा एकेडेमी इंङलिस स्कुल हरकपुर प्रथम भएकाे थियाे भने दाेस्राे बाल संसार इंङलिस स्कुल दलेली त्यसैगरी तेस्राे कालिथान नमुना इंङलिस स्कुल,र जेनिथ इंङलिस स्कुल रमाइलोले सान्त्वना पुरस्कार पाएका थिए ।
बिजेता स्कुललाई कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी र विशिष्ट अथिती (प्याब्सन) प्रदेश १ का सल्लाकार सुनिल पाैडेलले ट्फी,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
हाजिरी जवाफ प्रतियोगितामा प्याब्सन अध्यक्ष मन कुमारी गुरुङकाे अध्यक्षता रहेकाे थियाे भने कानेपोखरी गाउँपालिकाकाे उपाध्यक्ष भोलाप्रसाद अधिकारीकाे प्रमुख अतिथि (प्याब्सन) प्रदेश १ का सल्लाकार सुनिल पाैडेलकाे विशिष्ट अथिती रहेकाे थियाे भने अथितिहरुमा विद्यालयका स्ठापक प्रिन्सिपल लगायत प्रतिनिधीकाे आथितियता रहेकाे थियाे भने कार्यक्रम सचिव विद्यानन्द चाैधरीले सँचालन गरेकाे थियाे ।