संविधान दिवसको दिन  कानेपोखरी गापाले हस्तान्तरणगरे विपन्न परिवारलाई घर ।थारु पाेर्टल

Spread the love

असाेज।४।कानेपाेखरी

नेपालको संविधान २०७२ भाग ३ मौलिक हक र कर्तव्यको धारा ३७ आवासको हक उपधारा १ बमोजिम प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने व्यवस्था रहेको छ ।

 

सोही व्यवस्था अनुसार कानेपोखरी गाउँपालिकाले आवास बिहिन परिवारलाई लाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । संविधान दिवसको अवसरमा कानेपोखरी गाउँपालिकाले ८ परिवारलाई घर हस्तान्तरण गरेको हो ।

 

प्रत्येक वर्ष यसै दिवसको अवसर पारेर पालिकाले घर हस्तान्तरण गर्दै आइरहेको छ । कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य शिवमाया तुम्वाहाम्फेले नेपालको संविधानले नै ब्यब्स्था गरेको हक अधिकारको स्थानिय तहले हकको सुनिश्चितता गरेकोमा खुशी व्यक्त गर्नुभएको छ । उहाले यस संविधानले बिगतको तुलनामा धेरै हक अधिकारको ब्यब्स्था गरेको बताउनुभयो । यस्तै उहाले संविधान दिवस मनाईरहदा संविधान सभाका अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङलाई पनि सम्झनु भयो ।

 

दिवसका अवसरमा कार्यक्रमको अध्यक्ष एवम कानेपोखरी पालिका अध्यक्ष राजमति इङ्नामले गाउँपालिकाले ३ नम्बर वडामा बाँसको नया प्रबिधिको प्रयोग गरि ३० घर बन्दै गरेको र गाउँपालिकाले जग्गा खरिद गरि निर्माण गरिएको १० घर हस्तान्तरण नै गरिसकेको बताउनुभयो । यस्तै उहाले सांसद बिकास कोष अन्तर्गत २ नम्बर क्षेत्रमा १सय३० घर र ३ नम्बर क्षेत्रमा १सय३० घर बन्दै गरेको पनि बताउनुभयो । आवास प्राप्त गर्ने फागुलाल उराँवले बाटोको छेउमा अनेक झरी बाढी अर्काको भनाई सहदै आएको र बिगत लामो समय दु:खमा जीवन गुजारा गरेको र नया घर पाउँदा आफ्नो सन्तानले सो दुख नपाउने भन्दै खुशी व्यक्त गरे ।

 

यस्तै अर्को घर प्राप्त गर्ने संगीत उराँवले आफ्नो घर नहुदा माइतमा बस्दाको पिडा  सुनाइन । श्रीमान राजमिस्त्री काम गरेर ल्याएको पैसाले खान मात्र पुग्ने र आफ्नो २ सन्तानलाई पनि पालनपोषण गर्न नसक्दा अत्यन्त दुख लाग्ने गरेको बताइन त्यसमाथी माइतमा अपहेलित भएर बाच्नुको पिडा बताइन र पालिकाले घर दिएकोमा अन्त्य खुसी हुँदै कम्तिमा धेरै ठुलो मानसिक पिडा बाट मुक्त भएको समेत बताउदै स्थानिय सरकारलाई धन्यवाद व्यक्त गरिन । यस्तै गरि अन्य ६ परिवारको अनि आफ्नै दुख्को काहानी रहेको थियो । अर्काको घर,बाटोको छेउ, ऐलानी जग्गामा बसोबास गर्दै आएका परिवारलाई स्थानिय कानेपोखरी गाउँपालिका सरकारले आवासको व्यवस्था गरेको हो र गर्दै आइरहेको छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *