पथरी शनिश्चरेस्थित क्रेएटिभ लेडिजद्वारा विपन्न माझी परिवारलाई नगदसहित स्टेशनरी सामग्रीहरू हस्तान्तरण ।थारु पाेर्टल

Spread the love
पथरी समाचारदाता,
माेरङ्गकाे पथरी शनिश्चरेस्थित क्रेएटिभ लेडिजद्वारा विपन्न माझीका परिवारलाई आर्थिक तथा स्टेशनरी सामग्रीहरू हस्तान्तरण गरिएको छ। शनिबार लायन्स क्लब अफ पथरी क्रेएयटिभ लेडीज ले पथरी शनिश्चरे वडा नं. ८ निवासी विपन्न तथा बिमारी हर्क बहादुर माझीलाई उपचारको लागि १५ हजार ५ सय ५ रूपैयाँ नगद सहयोग र स्टेसनरी लगायत हस्तान्तरण गरिएको थियो।
सोहि अवसरमा बिमारी माझीका बाल बच्चाहरू पठन पाठनका लागि ती सामग्रीहरू प्रदान गरिएको थियो। उक्त अवसरमा प्रमुख अतिथिको रुपमा नगरकी उपमेयर देवी माया काफ्ले, ८ नं. का वडा अध्यक्ष नवीनजंग कार्की, वडा सदस्य जनप्रतिनिधि, तथा लायन्स लिडरहरूको उपस्थिति रहेका थिए। उक्त अवसरमा नगरकी उपमेयर लायन देवीमाया काफ्ले , जोन चियर पर्सन लायन देवी राई तथा कार्यक्रमकी अध्यक्ष लायन शारदादेवी बस्नेत सहित तीनै जनाले एकमुष्ट रूपमा सो रकम हस्तान्तरण गरेका थिए ।
साथै, जोन चियर पर्सन लायन देवी राईले उक्त परिवारका ५ जना मसिना बालबालिकाका लागि केही दिन भित्रैमा आँङ ढाक्ने लत्ताकपडाहरू समेत प्रदान गरिने जनाकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *