पथरी समाचारदाता,
असोज -९गते

मोरङको पथरी शनिश्चरे ०१ मा रहेको अष्टलक्ष्मी साकोसको वार्षिक साधारणसभा सम्पन्न भएको छ। नगरमै एकमात्र महिलाहरूद्वारा संचालित उक्त साकाेसको १७ औं साधारणसभा शनिबार सम्पन्न भएको हो।
नगर भित्रका बाैद्विक,शैक्षिक , व्यवसायिक , व्यापारिक तथा उद्योगी महिलाहरूले संचालन गर्नुभएको उक्त साकोसमा कार्यरत् व्यवस्थापक विमला घिमिरे कर्मचारी तथा बचतकर्ताहरूलाई पुरस्कृत तथा सम्मानित समेत गरिएको थियो। हाल उक्त सहकारी संस्थामा २ हजार १ सय ९७ जना शेयर सदस्यहरु आवद्ध रहेका छन्।
उक्त अवसरमा संस्थाकी सचिव सिर्जना राईले प्रगति प्रतिवेदन तथा भावि कार्ययोजना प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन तथा आगामी अनुमानित बजेट सम्वन्धि प्रतिवेदन कोषाध्यक्ष जानुका श्रेष्ठले गरेकी थिइन्। संस्थाकी अध्यक्ष दुर्गा सुवेदी दंगालकाे अध्यक्षतामा सम्पन्न सभाको संचालन संस्थाकी सचिव सिर्जना राईले गरेकी थिइन्। सोहि अवसरमा निवर्तमान अध्यक्ष तथा सल्लाहकार बीना राईले आफ्नो तर्फबाट शुभकामना मन्तव्य राखेकी थिइन् भने लेखा प्रतिवेदनको वाचन लेखा संयोजक शोभा चौहानले गरेकी थिइन्।