मोरङको  कानेपोखरीमा  दाेस्राे कानेपोखरी महोत्सव भाेलि देखी ।थारु पाेर्टल

Spread the love

कानेपोखरी १० असोज ।

विद्यानन्द चाैधरी

मोरङको  कानेपोखरीमा  दाेस्राे कानेपोखरीहोत्सवको  लाग्ने  भएको छ ।रमाइलो युवा परिवार,कानेपोखरी ब्यापार सँघ ,रमाइलो जेसीज र लायन्स क्लव अफ कानेपोखरीकाे आयाेजनामा  असोज ११ गते भाेली बाट  उद्घाटन हुने जानकारी पत्रकार सम्मेलनमार्फत  रमाइलो युवा परिवारका अध्यक्ष नवीन पौडेलले जानकारी दिनु भयाे । प्रथम महोत्सव  बाट राम्रै प्रतिकृया आएकाे र सँस्थालाई केही सहयाेग पुगेकाेले पुःन संस्थागत गर्दै दोस्रो महोत्सवको  आयोजना गर्न लागिएको बताउनु भयो ।

उहाँका अनुसार पहिलो महोत्सवको आम्दानीले चार वटै संस्थाको सामूहिक भवन बनाउनका लागि जग्गा खरिदकाे काम सम्पन्न भएको छ । पौडेलले सामूहिक भवन,बाल उद्यान, सामूदायिक हल, कवर्ड हल,नाटक घर तथा अन्य सँघ सँस्था पत्रकारहरुकाे लागि स्टुडियाे  लगायतका संरचना निर्माणका लागि आयोजक संस्थाले डिपीआर बनाउने काम सुरु गरेको र पालिकाले समेत सहयाेग गरेकाे बताए ।जग्गा ब्यवस्थापन पछि डिपीआरको काम सुरु भएको छ । डिपीआर सम्पन्न भएपछि एउटै छाता मुनि  विभिन्न संघ,संस्थाका लागि भवन निर्माण गर्ने र त्यहाँबाट सेवा प्रदान गर्ने आयोजक संस्थाको सपना रहेकाे छ ।

रमाइलो युवा परिवारका अध्यक्ष नवीन पौडेलको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा कानेपोखरी ब्यापार सङ्घका अध्यक्ष डिल्लीराम फुयल,रमाइलो जेसीजका अध्यक्ष मातृका कोइराला र लायन्स क्लव अफ कानेपोखरीका अध्यक्ष अमरमणि घिमिरे रमाईलाे जनएकता साकाेसका सन्ताेष फुयल अशाेक फुयल लगायतकाे   उपस्थिति रहेकाे  थियो 

सयपत्री इन्टरप्राइजेजले महोत्सवको जिम्मेबारी लिएको छ । आयोजक संस्थाहरूले सयपत्री इन्टरप्राइजेजसँग सम्झौता अनुसारको रकम पाउनेछन् । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूकाे गीत तथा नृत्य प्रस्तुत रहने  छ ।

छ ।भने बाल बालिकाहरुकाे लागी मनाेरञ्जातम खेलहरु साथै केही स्टल समेत रहने छ भने ।विद्यालयकाे परीक्षालाई मध्यनजर गर्दै महोत्सव २४ गते समापन हुने भएकाेले २४गते पछी परीक्षा सँचालन गरिदिनहुन विद्यालयहरुलाई समेत आग्रह गरेका छन । महोत्सव बेलुका ८वजेदेखी राती १०वजे सम्म सँचालन रहने छ ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *