जेष्ठ नागरिक दिवसमा कानेपोखरीका १सय२० जनालाई सम्मान ।थारु पाेर्टल

Spread the love
असाेज।१४
कानेपाेखरी
मोरङको कानेपोखरी गाउपालिकाले ३३ ‌औं जेष्ठ नागरिक दिवसका अवसरमा १सय२० जना जेष्ठ नागरिक सम्मान गरेको छ । आइतबार कानेपोखरी गाउपालिकाको प्राङ्गगणमा भएको सम्मान कार्यक्रममा गाँउपालिका अध्यक्ष राजमती इङ्गनामले सम्मान गर्नुभएको हो । ८० वर्ष भन्दा माथिका जेष्ठनागरिकलाई गरिएको सम्मानमा १ थान टर्चलाइट १ थान लौरो १ थान छाता र राधे राधे सहित यातायात बापत ३०० रुपैयाँले सम्मान गरिएको थियो ।
प्रत्येक व्यक्ति बराबर २५ सय रुपैयाको दरले सम्मान गरिएको छ । दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुदै पालिका अध्यक्षराजमती इङ्गनामले स्थानिय सरकारले संविधानको कार्यन्वयन गर्दै हरेक नागरिकलाई स्थानिय सरकार रहेको प्रत्याभूति दिलाउने बताउनुभयो ।
यस्तै दिवसकै अवसरमा सुमेरु पर्वतको कथा गर्नुहुदै आमाबुबा भनेका साक्षात भगवान रहेकाले उहाहरुलाई सम्मान गर्नुपर्ने कुरा औल्यानुभयो । हामीले यसरी सम्मान गर्नेबानीको बिकासले हाम्रा पछिल्ला पुस्ताले समेत यसको सिको गरेर सम्मान गर्ने बानीको बिकास हुनेमा आफु ढुक्क रहेको बताउनुभयो र आफुले आफ्ना अभिभावकलाई यसरी सम्मान व्यक्त गर्न पाएकोमा खुसी समेत जनाउनुभयो ।
पालिकाबासि आमाबुबालाई अत्यन्त आवश्यक रहेको सामाग्रि सहित सम्मान गरिएको कार्यक्रमका सञ्चालक एवम पालिका प्रवक्ता शुसिल बुढाथोकीले जानकारी दिनुभयो ।उहाँले वडा र पालिका सधै जेष्ठ नागरिकको र जनताको पक्षमा रहेको बताउनुभयो । यस्तै कार्यक्रममा जेष्ठ नागरिक, अपांग समिति कानेपोखरीका अध्यक्षहरुले पनि शुभकामना मन्त्वय व्यक्त गर्नुभएको थियो ।
परिवारजन आफन्तले हेला गर्ने र बृद्धा आश्रम पुर्याउने गर्ने गर्छन तर स्थानिय सरकारले जेष्ठ नागरिकलाई यतिका चासोको रुपमा लिएर सम्मान गरेकोमा स्थानिय बासि सम्मानित ब्यक्तित्व पनि खुसि छन । पालिकाको राम्रो कार्यको तारिफ गलतमा झगझगाउने कार्य जनताको रहेको र यो आजको काम अत्यन्त प्रशंसनिय रहेको स्थानियले बताएका छन । कानेपोखरी गाउँपालिकाले प्रत्येक वर्ष दिवसका अवसरमा सम्मान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *